दाङमा आँपको उत्पादन घट्ने



सैघाली खबर,
तुलसीपुर ५ बैशाख ।

दाङमा यस बर्ष आँप उत्पादनमा गिरावट आउने भएको छ । गत बर्षको तुलनामा यस बर्ष आँप उत्पादनमा कमी आउने जिल्ला कृषि बिकास कार्यालय दाङले जानकारी दिएको छ । यस बर्ष अफ एयरको शिजन भएकाले आँप उत्पादनमा गिरावट आउने जिल्ला कृषि बिकास कार्यालयका बालि संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताए । ‘आँपमा एक बर्ष अनएयर भयो भने अर्को बर्ष अफ एयर हुन्छ’ उनले भने ‘ अहिले अफएयर हो त्यसैले आँप उत्पादनमा गिरावट आउछ ।’ यस बर्ष गत बर्षको भन्दा करिब ५० प्रतिसत आँप उतपादनमा गिरावट आउने उनले बताए ।

यस बर्ष अफ एयर भएकाले हजार फूलमा एउटा मात्रै फल लाग्ने गर्छ । जसले गर्दा पनि आँप उत्पादनमा गिराट आँउने उनले बताए । बोटमा धेरै फुलहरु फुलेको जस्तो देखिएपछि कमै मात्रामा फलहरु लाग्ने उनले बालि संरक्षण अधिकृत बस्नेतले बताए । अर्को तर्फ आँपमा किरा लाग्ने प्रकोप बढेकाले पनि उत्पादनमा गिरावट आउने उनले बताए । ‘फटके किरा र हाँगामा गवारो लागेर नरम भागलाई खाइदिने क्रम बढेको छ’ उनले भने ‘ यसले गर्दा पनि यस बर्ष आँप उत्पादनमा गिरावट आउँछ ।’

म्याङ्गो होपर किरा र यस्को प्रकोपले गर्दा बोट ठुलो हुने तर फल नलाग्ने, दाना ठुलो हुन नपाउँदै झर्नेलगायतका समस्या आउँने बस्नेतले बताए । यस्तो समस्या समाधानका लागि नयाँ बिरुवा हुर्कदै गएपछि ठुला र पुराना बोटहरु हटाउँने, हाँगाहरु काँटछाट गर्ने तथा बगैचा बनाएर कम्तिमा १० देखी १५ बोट सम्म कलमे आँप लगाउँनुपर्ने उनको भनाई छ ।

साथै उनले फुलफुल्ने बेला विषादी राख्न नहुँने उनले बतए । कोपिलामा फट्के किरा लाग्ने हुँदा फल लाग्नु भन्दा अगाडि र फल मकैको दाना जस्तै भएपछि बिषादी प्रयोग गर्न उपयुत्त मानिने उनले बताए । उनले दाङमा आँप उत्पादन ब्यबसायीक रुपमा जान नसकेको उनले बताए । आँप ब्यबसायीक रुपमा जान नसक्दा बाहिरबाट आँप ल्याउनु पर्ने बाध्यता रहेको उनले बताए । ‘आँप ब्यबसायीक रुपमा जान सकेको छैन्’ उनले भने‘जसले गर्दा बाहिरबाट दाङमा आँप भित्र्याउनु परेको छ ।’ दाङको पवननगर ,मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र रहेको उनको भनाई छ । अहिले दाङमा स्थानीय बिजु , सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी , माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातकाआँपहरु उत्पादन हुने गरेको उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्