मनोज पुनका सहयोगी युवासंघका केन्द्रिय सदस्य मल्ल काठ्माण्डौबाट पक्राउ



काठमाण्डौ बैसाख ६
सैघाली खबर

गुण्डा नाईके मनोज पुनको सहयोगीको रुपमा रहेको अभियोगमा युवासंघका केन्द्रिय सदस्य सुजु मल्ललाई प्रहरीले विहीबार पक्राउ गरेको छ । मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाण्डौबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौमा पक्राउ परेका मल्ललाई भैरहवा लैजाने तयारी गरिएको बताईएको छ ।

बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ ।

ति घटनाका समयमा दल र प्रहरी प्रशासनसंगको बैठकमा समेत युवासंघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउँदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ ।

मनोज पुनको प्रहरी ईन्काउन्टरको समयसम्म समेत मल्लले पुनलाई सूचना उपलब्ध गराएको भेटियो एक अनुसन्धान अधिकृतले भने ।

युवा संघको संम्मेलनमा भागलिन गएका मल्ललाई प्रहरीले गए राती करिव ११ बजे काठमाण्डौबाट नियन्त्रणमा लिएको बताईएको छ ।

यो घटनामा संलग्नताको आरोपमा हिजोमात्रै प्रहरीले एमाओवादीका केन्द्रिय सदस्य लेखनाथ न्यौपाने र युथफेर्सका नेता सहित ५ जनालाई पक्राउ गरिसकेको छ । samaychakra.com

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्