बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने



सैघाली खबर,
काठमाडौँ ६ वैशाख । सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।

संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही नहुने भएकाले निजी विद्यालयले तोकिएभन्दा बढी शुल्क लिन नपाउने बताए । उनले विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने भन्दै बढी लिए कानूनअनुसार कारबाही गर्ने बताए ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याब्सन०का अध्यक्ष विजय साम्वाहाम्फेले विद्यालयले मापदण्डअनुसार नै शुल्क लिएको भन्दै बढी लिने विद्यालयलाई कारबाही गरिने बताए । उनले शुल्कबारे निजी विद्यालयमा पनि समस्या देखिएको भन्दै समय परिवर्तनअनुसार शुल्कको मापदण्ड परिमार्जन हुनुपर्ने धारणा राखे ।

नेपाल निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९एन–प्याब्सन०का महासचिव सुवास न्यौपानेले विद्यालयले लिने शुल्कबारे नियमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले अनियमित ढंगबाट लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरे ।

अनेरास्ववियू ९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएकाले फिर्ता गर्नुपर्ने बताउँदै तोकिएको मापदण्डभन्दा बढी लिने विद्यालयविरुद्ध आन्दोलन गरिने चेतावनी दिए ।

अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले राज्यले निजी विद्यालयलाई नियमन गर्ने कानून बनाए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्