गर्भावस्थामा यसकारण हुनसक्छ प्रेसर ‘लो’ को समस्या



प्रत्येक महिलाहरूको जीवनमा गर्भावस्थाको विशेष महत्व हुने गर्छ । गर्भावस्था यस्तो समय हो, जतिबेला महिलाहरूको शरीरमा विभिन्न किसिमको परिवर्तन देखा पर्छ । त्यही परिवर्तनकै कारण महिलाहरूको शरीरमा विभिन्न समस्या समेत देखिने गर्छ ।

गर्भावस्थाका क्रममा महिलाका शरीरमा हुने हर्मोनल परिवर्तनका कारण उनीहरूलाई विभिन्न समस्या हुने गर्छ । परिणामस्वरूप उनीहरूको रक्तचापको स्तरमा समेत असन्तुलन देखिन्छ । प्रायः महिलाहरूलाई गर्भावस्थाका समयमा न्युन रक्तचापको समस्या हुने गर्छ ।गर्भावस्थामा व्लड प्रेसर लो हुन एक आम समया हो । विशेषगरी गर्भवती महिलालाई प्रत्येक दोस्रो तथा तेस्रो तीन महिनामा यस्तो समस्या देखा पर्छ । गर्भावस्थामा देखिने यस्तो समस्यालाई ‘हाईपोटेन्सन’ भनिन्छ । गर्भावस्थामा हाइपोटेन्सन हुनु सामान्य भएकाले अधिकांश महिलाहरू घरेलु उपचारद्वारा नै हाइपोटेन्सनको समस्या हटाउने प्रयास गर्छन् ।

गर्भावस्थामा हुने लो व्लड प्रेसरका कारण गर्भवती महिलाहरूलाई डर लाग्ने, मुटु काम्नेजस्ता समस्या हुन्छन् ।

गर्भावस्थामा न्यून रक्तचाप

गर्भावस्थामा गरिने ब्लड प्रेसरको जाँचले गर्भमा रहेको शिशु र गर्भवती महिलाको स्वास्थ्यबारे थाहा हुने गर्छ । गर्भवती महिलाको व्लड प्रेसरको आधारमा नै गर्भावस्थामा आउन सक्ने जटिलताबारे थाहा हुने हुँदा प्रत्येक पल्ट गर्भ जाँच गर्न आउँदा चिकित्सकहरू गर्भवती महिलाको ब्लड प्रेसर जाँच गर्ने गर्छन् ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार सामान्य अवस्थामा एउटा व्यक्तिको ब्लड प्रेसर ८० देखि १२० मिलिमिटर – एमएमएचजी०का बीच रहने गर्छ । कुनै पनि व्यक्तिको व्लडप्रेसर विशेष किसिमको मेसिनद्वारा जाँचिन्छ ।

गर्भावस्थामा व्लड प्रेसरको स्तर ८० मिलिमिटरभन्दा कम हुनुलाई लो व्लड प्रेसर भनिन्छ । व्लड प्रेसरको स्तर ९० देखि ६० एमएमएचजीको बीच भएमा चिकित्सकहरू यसलाई ‘लो व्लड प्रेसर’ भन्ने गर्दछन् ।

गर्भावस्थाको सुरुवाती १२ हप्तासम्म महिलाहरूको व्लड प्रेसर कम हुने गर्दछ । यस दौरान पहिलो तीन महिना तथा पछिल्लो तीन महिना गर्भवती महिलाहरूको व्लड प्रेशर कम रहने गर्दछ । जबकी तेश्रो तीन महिना भने यो सामान्य अवस्थामा रहन्छ । गर्भावस्थाका दौरान आइपर्ने समस्याबारे जान्नकै लागि चिकित्सकहरू हरेक गर्भवती महिलालालाई रक्तचाप जाच्न सल्लाह दिने गर्छन् ।

गर्भावस्थामा लो व्लड प्रेसर र यसका कारण शिशुलाई पुग्ने हानि

गर्भावस्थामा व्लड प्रेसर लो भइरहे गर्भवती महिलामा बेहोसीको खतरा बढ्छ । उनीहरूमा छिटो उठ्दा र बस्दा बेहोस हुने खतरा उच्च हुने गर्छ । गर्भावस्थामा बारम्बार बेहोस हुनु आफैमा जोखिमपूर्ण छ । कुनै समस्याका कारण बेहोस भएमा गर्भवती महिलाहरूलाई चोट समेत लाग्न सक्छ । व्लड प्रेसरको कमीकै कारण गर्भमा रहेको शिशुमा रक्तप्रवाह राम्ररी हुन नसकी उनीहरूको स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्नसक्छ ।

केही अध्ययनहरूले जनाए अनुसार गर्भवती महिलालाई बारम्बार व्लड प्रेसर सम्बन्धी समस्या भए उनीहरूको शरीरमा समेत नकारात्मक असर पर्छ । कतिपय अववस्थामा प्रसव वेदनाका दौरान शिशुको मृत्यु समेत हुनसक्छ वा जीवित भए पनि स्वास्थ्यमा समस्या देखा पर्नसक्छ ।

गर्भावस्थामा हुने लो व्लड प्रेसरका लक्षण

लो व्लड प्रेसर आफैमा ठूलो समस्या होइन तर जुन महिलालाई त्यसअघि ब्लड प्रेसर लो भएको छैन, उनीहरूका लागि भने यो गम्भीर समस्या बन्नसक्छ ।

गर्भावस्थामा व्लड प्रेसर भएमा निम्नअनुसारका लक्षण देखिन्छन् स्

(चक्कर आउनु, डर लाग्नु

(उभिदा हल्का रिँगटा लाग्नु

(दिनभर थकान महसुस हुनु

(सास लिन समस्या हुनु, छिटो छिटो सास फेर्नु

(लगातार प्यास लाग्नु

(जाडो लाग्नु

(अनुहार पहेलो तथा चिल्लो हुनु

(आँखा धमिलो हुनु ,

(डिप्रेसन

गर्भावस्थामा महिलाहरूलाई माथि उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।

गर्भावस्थामा ब्लड प्रेसर लो हुनुका कारण

महिलाको व्लड प्रेसर उनीहरूको दिनचर्या, ऊर्जाको स्तर तथा तनावमा निर्भर गर्छ । ब्लड प्रेसर कम हुने वा बढी हुने भन्ने कुरा विशेष स्थितिमा पनि भर पर्ने गर्छ ।

सामान्यतया गर्भावस्थाको सुरुवाती २४ हप्तासम्म प्रायः गर्भवती महिलाको व्लड प्रेसर कम हुने गर्छ । लामो समयसम्म तातोपानीले नुहाएमा पनि महिलाहरूको व्लड प्रेसर कम हुने गर्छ । यी दुवै समस्या अस्थायी हुन् ।

त्यसबाहेक, पनि व्लड प्रेशरका अन्य धेरै कारणहरू छन्

(रोगको संक्रमण

(धेरै बेरसम्म आराम गर्नु

(शरीरमा पानीको कमी

(कुपोषण

(आन्तरिक रक्तस्राव

(रक्तअल्पत्रा

(मुटु सम्बन्धी समस्या

(हर्मोनको गडबडी

विभिन्न किसिमको औषधी सेवनका कारण पनि गर्भवती महिलालाई लो व्लड प्रेसरको समस्या हुनसक्छ । गर्भावस्थाको सुरुवातमा व्लडप्रेसर कम भएमा एक्टोपिक प्रेग्नेन्सी हुने सम्भावना बढ्नसक्छ ।

उपचार विधि

गर्भावस्थामा हुने रक्तचाप सम्बन्धी समस्यालाई औषधी खाएर निको पार्न सकिन्छ । तर महिलाहरू घरेलु औषधीको प्रयोग गरेर यो समस्या कम गर्न रुचाउँछन् । गर्भावस्थाको पहिल्लो महिनामा प्रायः गर्भवती महिलाहरूको रक्तचाप आफै नियन्त्रणमा आउने गर्छ । उक्त समयमा बारम्बार यो समस्या आएमा भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । रक्तअल्पता वा हर्मोनको गडबडीका कारण रक्तचाप न्यून भएमा सबैभन्दा पहिले यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । त्यसबाहेक कुनै औषधीका कारण गर्भवती महिलाहरूको ब्लड प्रेसर कम भएको छ भने पनि चिकित्सकहरूले त्यस्ता औषधीलाई तुरुन्तै फेर्न सक्छन् ।

घरमा आफैले कसरी हेरचाह गर्ने रु

चिकित्सकको प्रत्यक्ष निगरानीका बाबजुद गर्भवती महिलाहरूले आफ्नो हेरचाह आफै पनि गर्न सक्छन् । निम्नलिखित तरिका अपनाएर पनि लो व्लड प्रेसरको समस्या कम गर्न सकिन्छ ।

आराम गर्ने

लो व्लड प्रेसर भएका गर्भवती महिलाहरूले आफ्ना हरेक काम विस्तारै सुस्त गतिमा गर्नुपर्छ । विहान उठ्दा हतार गर्नु हुँदैन । हतार हतारमा उठ्दावा बस्दा चक्कर आउन सक्छ । बेहोस हुन्छु भन्ने लाग्छ भने उनीहरूले अझ विस्तारै काम गर्नुपर्छ । छिटो छिटो सास लिनु हुँदैन ।

त्यति मात्र हैन, लो व्लड प्रेसरको समस्या हुने गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । यसले थकान कम महसुस हुन्छ ।

हल्का कपडा लगाउने

लो व्लड प्रेसरको समस्या कम गर्न गर्भवती महिलाले हल्का तथा आरामदायी कपडा लगाउनुपर्छ । आरामदायी कपडा लगाउनाले चक्कर आउने तथा थकान समस्या कम गर्न सकिन्छ । कैयौं महिला पैतालाको दुखाइ कम गर्न घुँडासम्म टाइट मोजा लगाउने गर्छन् । जब कि ब्लड प्रेसर लो हुने व्यक्तिले टाइट लुगा लगाउनु हुँदैन ।

पर्याप्त मात्रामा पानीको सेवन गर्ने

गर्भावस्थामा कैयौं महिलालाई विहानको समयमा वाकवाकी लाग्ने तथा उल्टी हुने गर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले आफ्नो शरीरमा पानीको कमी हुन दिनु हुँदैन । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा पानीको सेवन गर्न जरुरी छ । लो ब्लड प्रेसरकै कारण चक्कर आउँछ भने हर्बल चियाको सेवन गरेर पनि यो समस्या कम गर्न सकिन्छ ।

आहारमा विशेष ध्यान दिने
चिकित्सकहरू गर्भवती महिलाहरूलाई थोरै थारै खानेकुरा सल्लाह दिने गर्छन् । गर्भावस्थामा पौष्टिक तत्वको सेवनले महिलाहरूलाई कैयौं रोगबाट बचाउँछ । गर्भावस्थाका दौरान लो व्लड प्रेसरबाट पीडित महिलालाई चिकित्सकहरू नुन खाने सल्लाह दिन्छन् जब कि गर्भावस्थामा ज्यादा नुनको सेवन पनि हानिकारक हुनसक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्