चिनियाँ राष्ट्रपति जिङपिङ पनि उत्तर कोरिया भ्रमणमा जाने ?



सैघाली खबर,

एजेन्सी । उत्तर कोरियाली शाषक किमको सफल चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति शि जिङपिङ पनि प्योङयोङ जाने तयारी गरिरहेको सिएनएनले जनाएको छ । जिङपिङका लागि उत्तर कोरियाको यो पहिलो भ्रमण हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको बैठक लगत्तै यसको तयारी सुरु गरिने बताइएको छ ।

ट्रम्प र किमबीचको बैठक भने आगामी मे महिनाको अन्त्यतिर वा जुनको सुरुवातमा हुने बताइएको छ ।
चीन र उत्तर कोरिया लामो समयदेखि व्यापारिक साझेदार रहँदै आएका छन् ।

यसैबीच किमले पहिलो वैदशिक यात्रामा पनि चीन भ्रमण गरि निकट सम्बन्धको संकेत दिएका थिए । यस्तोमा गत मार्चमा किम चीनको गोप्य भ्रमणमा गएकै समयमा पनि राष्ट्रपति जिङपिङले उत्तर कोरिया भ्रमणको निम्ता स्वीकार गरेको जनाइएको थियो ।

पछिल्ला केही महिनाहरुमा उत्तर कोरियाको विदेश नीतिमा लगातार परिवर्तन आउने क्रम जारी रहेको छ । अहिले राष्ट्रपति ट्रम्प आफैँले पनि गुप्तचर विभागका निर्देशक माइक पोम्पेओले किम जोङसँग भेट गरिसकेको खुलासा गरेका छन् जसपछि ट्रम्प–किम बैठकको सम्भावना पनि बढ्न पुगेको बताइन्छ ।

गत हप्ता पनि चीनका वरिष्ठ अधिकारी चिनियाँ प्रश्तुतकर्ताका साथ प्योङयोङ पुगेका थिए । यस कार्यक्रमलाई किमले गहिरो मित्रता र विशेष सम्बन्धको प्रतिक भन्दै व्याख्या गरेका छन् । उता उत्तर कोरियाको राष्ट्रिय संचार केसिएनएले समेत जिङपिङको भ्रमणबारे उल्लेख गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्