आगलागीबाट ३ बिघामा लगाएको गहुँ नष्ट



सैघाली खबर,
बैशाख ६ बर्दिया । बासगढी नगरपालिका–३ बस्ने क्याव्बा थारुको काटी राखेको ३ बिघामा लगाएको गहुँ आगलागी भएर क्षति भएको छ ।

गहुँमा बढैयाताल गाउँपालिका–४ बस्ने १८ बर्षीय गगन परियार सहित ३ जनाले बुधबार भैसी चराउन गएको अवस्थामा आगो लगाएको बताइएको छ । फरार तिनै जनाको प्रहरीले खोजतलास गरिरहेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्