आर्थिक हिना मिना भएको भन्दै हापुरे खानेपानी कार्यलयमा ताला बन्दी



देवी भण्डारी
बैशाख ६ ,घोराही

हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यलयमा आज उपभोक्ताहरुले ताला लगाएका छन।
खानेपानी तथा सरसफाई उपभोक्ताको हिजो बसेको साधारणसभामा पेस भएको आर्थिक तथा लेखा परिक्षकको प्रतिबेदन प्रति असन्तुष्ट जनाउदै आज बबई गाउपालिका वडा नं ४ र ५ का उपभोतmाहरुले ताला लगाएको कार्यालय सचिव सुन्दरी केसीले बताउनु भएको छ । साथै कार्यालय सचिव केसीले बार्षिकरुपमा बस्नुपर्ने साधारणसभा २ वर्षपछि मात्र बसेको र आर्थिक मामिलामा कार्यालयको कमजोरी रहेको बताउनुभयो ।
हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता कार्यालयमा आर्थिक हिनामिना भएको भन्दै उपभोक्ताहरुले पुनः हिसाब मिलानको माग राखेका छन् भने उपभोक्ताहरुले छानविन समितिको माग गर्दे ६ सदस्य संघर्ष समिति पनि गठन गरेका छन् । त्यस्तै आज नै गठित संर्घष समितिले छानविन समिति गठन गरेर आर्थिक पारदर्शि नहुदा सम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक चिम्से विश्वकर्माले जानकारी दिनुभएको छ ।
त्यस्तै यस सम्वन्धमा हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ओम बहादुर खड्काले उपभोक्ता माझ पुनः छलफल गरि आर्थिक पारर्दशिता ल्याउने बताउनुभएको छ । साथै उहाले भोलि नै छानविन समिति गठन गरेर समस्याको टुङगो लगाउने बताउनुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्