‘वान टु वान’ वार्तामा के कुरा भयो ?



सैघाली खबर,
काठमाडौँ ६ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले बिहीबार ‘वान टु वान’ वार्ता गरेका छन् । दुई अध्यक्षबीच करिब साढे तीन घण्टा कुराकानी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा विवादित विषयमा सहमति जुटाउने प्रयास भएको स्रोतले जनाएको छ ।

एकताको चरणमा रहेका दुई पार्टीबीच जनयुद्ध, निर्वाचन चिन्ह र एकीकृत पार्टीमा रहने संख्याका बारेमा कुरा मिल्न सकेको छैन । यी सबै विषयमा बिहीबार दुई अध्यक्षबीच सकारात्मक छलफल भएको स्रोतले जनाएको छ । तर, नेताहरुले भने यसबारेक केही प्रतिक्रिया दिएका छैनन् ।

केहि दिन पहिला बसेको एकता संयोजन समितिको बैठकले नमिलेका विवादित विषयमा सहमति खोज्न र प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मा दिएको थियो । त्यहि काम पुरा गर्न दुई नेताले आजबाट छलफल थालेका हुन् ।

विद्यार्थी भर्ना अभियानको सिलसिलामा बुधबार चितवन पुगेका प्रचण्डले ओलीसँग बिहीबारदेखि गम्भीर छलफल हुने बताएका थिए । कम्युनिष्ट पार्टी स्थापनाको दिन अफ्रिल २२ अर्थात बैशाख ९ गते हुने भनिएको एकता भने तत्काललाई टरेको छ । बैशाखभित्र एकता गर्ने दुवै दलको तयारी छ ।

दुई अध्यक्षबीच सहमति जुटेपछि एकता संयोजन समितिको बैठक बसेर अनुमोदन गर्नेछ । एकता समितिको बैठकले नै एकीकरणको मिति पनि तय गर्नेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्