अबको लोकतन्त्र समावेशिता र सहभागितामूलक लोकतन्त्र हो=. अन्नत



८ असार, दाङ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेको स्थानीय निर्वाचनमा उठाइरहेका एजेण्डा पुराना भइसकेको टिप्पणी गरेका छन् ।

दाङको घोराहीमा बिहीबार भएको चुनावी घरदैलो तथा सभालाई सम्वोधन गर्दै उनले भने, ‘कांग्रेसले २००७ सालदेखि उठाउँदै आएको बोल्न पाउने तर खान नपाउने प्रजातन्त्रको कुरा गरिरहेको छ भने एमालेले २३ वर्षअघि शुरु गरेको एक सय रुपैयाँ बृद्धभत्तालाई अहिले पनि मागिखाने भाँडो बनाएको छ, यी दुबै एजेण्डा पुराना भइसके ।’ 2222
कांग्रेसले ००७ सालदेखि भन्दै आएको बोल्न पाउने तर खान नपाउने लोकतन्त्रको युग अब सकिएको पनि उनले बतताए । ‘अब पुरानो लोकतन्त्र रहेन, दिनभरि बोल्न पाउने तर साँझ घर फर्किएपछि खान नपाउने लोकतन्त्रको जमाना सकियो,’ उनले भने ।

राजनीतिसँगै आर्थिक साँस्कृतिक अधिकारसहितको लोकतन्त्र नै आजको लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो नयाँ ब्यवस्थाको सर्जक माओवादी भएको दावी गरे । ‘अबको लोकतन्त्र समावेशिता र सहभागितामूलक लोकतन्त्र हो,’ उनले भने, ‘हुनेखाने राजनीतिमा लाग्ने, उनीहरु शासक बन्ने र बाँकी जनता शासित बन्ने लोकतन्त्र आजको लोकतन्त्र होइन, आज हरेक वडाबाट दुई जना महिलासहित समावेशी प्रतिनिधित्वको जुन नयाँ अवधारणा शुरु भएको छ, त्यो माओवादी जनयुद्धकै उपलब्धि हो ।’33333

त्यस्तै एमालेको बृद्धभत्ताको एजेण्डा पनि पुरानो भएको दोहोर्‍याउँदै पुनले भने, ‘विभिन्न सरकारले यसलाई बढाउँदै अहिले दुई हजारम्म पुर्‍याइसके तर एमालेले पुरानै एक सय रुपैयाँको चर्चा गरिरहेको छ, राज्यले हुँदा दिने भत्ता मात्र होइन हरेक ज्येष्ठ नागरिकलाई ६० बर्ष पूरा भएपछि जनता पेन्सन कार्यक्रममार्फत पेन्सन दिने ब्यवस्था कानूनीरुपमै अघि बढाइसकिएको छ ।’

त्यतिमात्र होइन, हरेक बुवा(आमाको सम्पत्ति खाने छोरा(छोरीले आफनो आम्दानीको दश प्रतिशत बुवा(आमाको नाममा जम्मा गर्नुपर्ने बाध्यकारी कानून प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको उनले बताए ।11111

संघीयता र गणतन्त्रको एजेण्डा उठाउँदा आफूहरुलाई आतंकारीको बिल्ला भिराउने दलहरु नै अहिले गणतन्त्र र संघीयताअन्तर्गतको चुनावमा भाग लिएर माओवादीसँग प्रतिस्पर्धा गरिरहेको भन्दै पुनले थपे, ‘अहिले हाम्रा एजेण्डा कांग्रेस(एमालेले स्वीकार गरेका छन्, यसलाई हाम्रो जीतको रुपमा लिएका छौं ।’

आफूहरुको एजेण्डा कांग्रेस(एमालेले माने पनि यसको नेतृत्व भने उनीहरुले गर्न नसक्ने पुनको दावी छ । ‘जसले बच्चा जन्मायो, उसले नै आफ्नो सन्तान हुर्काउनसक्छ,’ उनले भने, ‘त्यसैले संघीयताअन्तर्गत हुन गइरहेको स्थानीय तह निर्वाचनमा माओवादीले जित्नुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्