भारतले नेपालको विद्युत खरिद गर्ने संकेत



सैघाली खबर
काठमाडौं,६ बैशाख

भारतले नेपालको विद्युत खरिद गर्ने संकेत देखिएको छ । आफ्नो लगानीमा रहेका बाहेकका आयोजनाबाट विजुली नकिन्ने निर्णय गरेको भारतले वर्षात्को समयमा बढि भएको बिजुली किन्न सकिने संकेत देखिएको हो । हालै बसेको उर्जा सचिव स्तरिय बैकठमा भारतले सकरात्मक प्रतिक्रिया दिएको हो ।

उसले त्यसका लागि आफ्नो अन्दरदेशीय विद्युत व्यापार निर्देशिका र नियमावली पुनरावलोकन भईरहेको जानकारी नेपाली पक्षलाई दिएको छ । छिमेकी मुलुकहरुले दिएको सुझावका आधारमा यो निर्देशिका परिमार्जन गर्ने गरि काम भईरहेको जानकारी भारतले दिएको बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभाग प्रमुख तथा प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

सो निर्देशिका मार्फत भारतीय लगानी भएका आयोजनाबाट मात्रै बिजुली किन्ने विषय बाहिर ल्याएको थियो । त्यसले नेपालमा उत्पादन हुने बिजुली भारत पुग्ने बाटो बन्द हुने अवस्था थियो । सरकारको निरन्तरको पहलपछिको नेपालमा वर्षायाममा बढि हुने बिजुली किनेर लैजान सहमति जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्