मुख्य समाचार

क्यानको विशेष साधारणसभा काठमान्डुमा शुरु

By थाहा अनलाइन

April 19, 2018

सैघाली खबर काठमाडौं,६ बैशाख

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा काठमान्डुमा शुरु भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निर्देशन अनुसार आईसीसीका प्रतिनिधी सहित आज र भोली क्यानको विशेष साधारणसभा चल्नेछ । क्यानको यो विशेष साधारणसभा मार्फत विधानको विवादित् बुँदाहरुको संसोधन हुने र आईसीसीले लगाएको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ ।

क्यानको विशेष साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेटको विवाद् समाधानका लागि सरोकारवाला पक्षहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।