आजको राशिफल



वि.सं. २०७५ साल वैशाख ७ गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल २० तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, २३:१७ बजेउप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान-सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रियाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा फाइदा हुने काम प्रारम्भ हुनेछ। दिउँसोदेखि बोलीको गलत अर्थ लाग्ने हुँदा विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बुद्धिको उपयोगले मात्र विद्या तथा धन आर्जन हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मध्याह्नदेखि पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। तर, स्वास्थ्य बिग्रनाले अध्ययनमा बाधा पुग्न सक्छ, खानपानमा सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। तर मध्याह्नदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ला। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
केही चुनौती देखापरे पनि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मध्याह्नदेखि अरूका काममा श्रम खर्चनुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाको सोखले पनि खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। अप्ठ्यारो परिस्थितिमा आफन्तजन समेत टाढा हुनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
हिम्मतले काम लिँदा मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मध्याह्नपछि प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोखले खर्च बढाए पनि परिवारजनको साथले मन उत्साहित हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिउँसोदेखि प्रतिस्पर्धीहरूले सताउन सक्छन्। सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारो पर्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। तर मध्याह्नपछि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि घरेलु काममा फाइदा हुनेछ। प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्