त्रिभुवन विमानस्थलभित्र मालिन्दो एयर चौरमा भासियो, यात्रु सकुसल



सैघाली खबर
काठमाडौं,७ बैशाख

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो ।

राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो । उक्त जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्