मुख्य समाचार

रसिदबिना बालुवा ओपार्ने पाँचवटा टेक्ट्रर नियणत्रणमा

By थाहा अनलाइन

April 20, 2018

सैघाली खबर, तुलसीपुर ७ बैशाख ।

जिल्ला समन्वय समितिले तुलसीपुर क्षेत्रवाट ५ टेक्ट्रर नियन्त्रणमा लिएको छ । जिल्ला समन्वय समितिको रसिद विना गिटटी बालुवा ओसार पसार गरेको भन्दै तुसलीपुर उपमहानगरपालिका बनगाउँ क्षेत्रवाट ति टेक्ट्रर नियन्त्रण लिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

विहीवार अनुगमनको लागि पातुखोला क्षेत्रमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको टोलीले ति टेक्ट्रर नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले पातुखोलाको राइखल्यानहुदै सुकौरा दोभानको अनुगमन गरेको थियो । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल लगायतको सहभागिता थियो ।।