चैत सम्ममा दाङमा ६७ प्रतिशत विकास वजेट खर्च



गिरिराज नेपाली
दाङ, ७ बैशाख । चालु आर्थिक वर्ष २०७४÷७५ को चैत मसान्त सम्ममा दाङमा ६७ प्रतिशित विकास वजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार पुँजीगत तर्फ पाँच अर्ब , ४८ करोड , ८३ लाख , ७४ हजार ३ सय ६० रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ जिल्लाको कुल वजेट आठ अर्ब , २५ करोड, ५०लाख २० हजार मध्ये उक्त रकम खर्च हो । चालु आर्थिक वर्षको ९ महिनामा जिल्लामा करिव दुई तिहाई विकासे वजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यलय दाङले जनाएको छ ।

कार्यालयका कोष नियन्त्रक गणेश कुमार पौडेलले विकास योजना निर्माणको तिव्रताले दाङमा विकासे वजेट खर्च र निकासा दर पनि बढेको जानकारी दिनुभयो । विकास आयोजनाहरुको निर्माण सम्पन्न भइसकेकाले विकासे वजेटहरु निकासा अख्तियारीहरु खर्च विवरण पनि बढ्दै गइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको दुई चौमासिकमा दुई तिहाई वजेट खर्च निकासा पाईसकेको उहाँले बताउनुभयो । जिल्लामा सडक, पुलपुलेसा र कृषि सिचाईका योजनाहरुको निर्माणले तिव्रपाए संगै विकासे वजेटको खर्च बढ्दै गइरहेको . उहाँले बताउनुभयो । दाङवाट सञ्चालन हुदै आइरहेका राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन भइरहेको मध्य पहाडीलोक मार्गले सवैभन्दा वढि रकम खर्च गरेको छ ।

आयोजनाको चालु आर्थिक वर्षको जम्मा लागत ३ अर्ब, ४९ करोड, ७९ लाख ४० हजार मध्ये ३ अर्ब २० करोड २५ लाख ६४ हजार ८ सय ७८ रुपैयाँ निकासा पाईसकेको छ । जुन जम्मा वजेटको ९१ प्रतिशत खर्च निकासा रहेको छ । त्यस्तै सडक डिभिजन दाङले चालु आर्थिक वर्षमा नौ महिनामा ३५ प्रतिशत मात्रै वजेट खर्च गरेको छ । कुल वजेट १ अर्ब , १९ करोड , ३० लाख मध्ये ४० करोड, ७८ लाख ५५ हजार रुपैया मात्रै खर्च निकासा लगेको कार्यालयले जानकारी दिएको छ ।

पौडेलले भन्नुभयो – ‘विकास योजनामा खर्च धेरै र उपयुक्त समयमा भएको छ । ’ जुन गत वर्ष भन्दा २६ प्रतिशतले चालुु आर्थिक वर्षमा वढि खर्च निकासा भएको पाईन्छ पौडेलले बताउनुभयो । गत आर्थिक वर्ष २०७३÷७४ वर्षको चैत्र मसान्त सम्ममा भन्दा चालु आर्थिक वर्ष ०७४÷७५ मा चैत्र मसान्त सम्ममा २६ प्रतिशत वढि विकास निकासा पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहमा साढे चार अर्ब वढि

चालु आर्थिक वर्ष २०७४÷७५ को चैत्र मसान्त सम्ममा जिल्लाका दश वटा स्थानीय तहहरुले साढे चार अर्ब वढि रकम निकासा लगेका छन । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार हाल सम्ममा जिल्लाका दशवटा स्थानीय तहहरुले ४ अर्ब , ६७ करोड , २६ लाख , ३१ हजार २० रुपैयाँ रकम निकासा भुक्तानी लगेको कोष नियन्त्रक गणेश कुमार पौडेलले जानकारी दिनुभयो । जसमा वित्तिय समाणीकरण तर्फ ४ अर्ब , २० करोड , ४२ लाख, ९८ हजार रुपैया लिएका छन ।भने नियमित वजेट तर्फ ४६ करोड , ८३ लाख , ३३ हजार , २० रुपैया रहेको पौडेलले जानकारी दिनुभयो ।

जसमा घोराही उपमहानगरपालिकाले १ अर्ब , १७ करोड, ६७ लाख , ३६ हजार, तुलसीपुर उपमहानगरपालिकाले ९८ करोड, ५६ लाख , ४३ हजार , लमही नगरपालिकाले ४१ करोड , ५८ लाख ४२ हजार , शान्तिनगर गाउँपालिकाले २७ करोड, ९३ लाख , ३७ हजार , बबई गाउँपालिकाले २९ करोड ५ लाख , १८ हजार , दंगीशरण गाउँपालिकाले २३ करोड , २४ लाख ३३ हजार , गढवा गाउँपालिकाले ३७ करोड, ११ लाख , ५८ हजार , राजपुर गाउँपालिकाले २८ करोड, २८ लाख , राप्ती गाउँपालिकाले ३४ करोड १२ लाख , ४० हजार र बंगलाचुली गाउँपालिकाले २९ करोड ६८ लाख , ९८ हजार रुपैयाँ निकासा लगेका छन ।

स्थानीय तहका लागि प्रत्येक चार÷चार महिनामा अख्तियारी प्राप्त रकम निकासा गरीदिने व्यवस्था रहेको छ । तर स्थानीय तहहरुले आफै योजना निर्माण गर्दै वजेट लगानी गर्ने भएकाले निकासा रकम कहाँ र कस्तो कामका लागि खर्च हुने भन्ने वारे कार्यालय अनभिज्ञ रहेको कार्यालयको गुनासो छ । त्यस्तै जिल्ला समन्वय समिति दाङले पनि चालु आ.व.को चैत मसान्त सम्ममा दुई करोड , १६ लाख , ४० हजार , १८ रुपैयाँ निकासा लिइसकेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्