दीपक मनाङे कारागार चलान, कति बर्ष जेलमै रहने त



सैघाली खबर,
काठमाडौं, ७ वैशाख ।– गुण्डा नाइकेका रुपमा चिनिएका प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो ।

गएको माघ महिनामा ज्यान मार्ने उद्योगमा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् ।

२०७८ साल वैशाख ६ गतेसम्म उनी जेलमा रहने थापाले बताउनुभयो । अर्का गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेपछि उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्