आर्थिक

सुनको भाउ घट्यो

By थाहा अनलाइन

April 20, 2018

सैघाली खबर, काठमाडौं, ७ वैशाख –। सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।