मुख्य समाचार

दुर्घटनास्थलबाट हटाइयो मालिन्दो एयर

By थाहा अनलाइन

April 20, 2018

सैघाली खबर, बैशाख ७, काठमाडौं । उडान भर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा फसेको मालिन्दो एयरको जहाजलाई हटाइएको छ। लामो समयको प्रयासपछि जहाजलाई हटाइएको विमानस्थल प्रशासनका प्रेमनाथ ठाकुरले जानकारी दिए। उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारिएको हो। जहाज हटाइएपछि १२ बजेपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने जनाइएको छ। मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो। उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ।