कलेजो स्वस्थ राख्न सहयोग गर्ने नौथरी खाद्य पदार्थ



सैघाली खबर,
कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो जसले पित्त निर्माण गर्छ । पित्तले खाएको कुरा पचाउने काममा योगदान गर्छ । यसले हाम्रो शरीरमा एक पटकमा २ सय काम एकैसाथ गर्नसक्छ ।

 

 

कलेजोले शरीरबाट फोहोर निष्कासन गर्ने काम पनि गर्छ । यसले रगत सफा गर्नुका साथै शरीरमा प्राकृतिक रूपमा उत्पन्न हुने विषाक्त रसायनलाई हटाउने काम गर्छ । कलेजो मस्तिष्कपछि शरीरको सबैभन्दा जटिल एवं दोस्रो ठूलो अंग पनि हो ।

मानिस कलेजोविना जीवित रहन सक्दैन । यो यस्तो अंग हो जुन अलिकति पनि लापरवाही वा हेरचाहमा कमीका कारण सजिलै बिग्रनसक्छ । कलेजोलाई स्वस्थ राख्ने हो भने आहारविहारमा सावधानी अपनाउनैपर्छ, जीवनशैलीमा सात्विकता अँगाल्नैपर्छ ।

युवावर्गमा जंकफुड, धूमपान एवं मद्यपान गर्ने बानीको विकास बढ्दो क्रममा छ जसले कलेजोमा हानि पुर्‍याउँछ । यहाँ केही त्यस्ता खाद्य पदार्थका विषयमा जानकारी दिने प्रयास गरिएको छ जसले कलेजोलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

लसुन

लसुनमा पर्याप्त मात्रामा त्यस्तो पोषण हुन्छ जसले कलेजो सफा गर्न मद्दत गर्छ । यसले कलेजोमा त्यस्तो एन्जाइम बनाउँछ जसले पौष्टिक तत्वहरूलाई ग्रहण गर्न तथा फोहोर पदार्थलाई निकाल्नसक्छ ।

हरिया सागसब्जी

हरिया पात हुने सागसब्जी पनि कलेजोबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोगी हुन्छन् । यिनमा विद्यमान क्लोरोफिलले कलेजोमा हुने खतरनाक रासायनिक पदार्थहरूको प्रभावलाई कम गर्छ । पलुङ्गो, बन्दागोभी, करेला आदि सब्जीहरू पित्त संश्लेषणका लागि निकै फाइदाजनक मानिन्छन् ।

बेसार

बेसारले पनि कलेजो सफा राख्न ठूलो मद्दत गर्छ । यो कलेजोको क्षतिग्रस्त कोषिकाहरूलाई पुनर्निर्माण गर्न सहयोगी हुन्छ । बेसार ओषधिका रूपमा कसरी सेवन गर्ने भन्ने विषयमा कुनै जानकार व्यक्तिसँग सोधेर मात्र निश्चिन्त हुनुपर्छ । यसको अधिक सेवन हानिकार पनि हुनसक्छ ।

स्याउ

स्याउमा प्रशस्त मात्रामा प्याक्टिन नामक तत्व पाइन्छ जसले पाचन प्रणाली राम्रो बनाउनुका साथै कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसले कलेजोलाई बढी काम गर्नबाट जोगाउँछ । स्याउमा पाइने म्यालिक एसिडले रगतमा भएको कार्सिनोजनलाई टाढा राख्छ । दैनिक एउटा स्याउ खाँदा निकै राम्रो फाइदा पुग्छ ।

जैतुनको तेल

जैतुनको तेल मुटु तथा कलेजोको स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक मानिन्छ । नियमित एक चम्चा जैतुनको तेल सेवन गर्दा लिभर एन्जाइएम एवं बोसोयुक्त कोषिकाहरू राम्रा हुन्छन् र कलेजोमा रक्तप्रवाह सुचारु हुन्छ ।

अदुवा

अदुवामा एन्टी भाइरल, एन्टी माइक्रोबियल, एवं एन्टी इन्प्mलेमेटरी गुण पाइन्छ । यसले रक्त सञ्चार वृद्धि गरेर कलेजोबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ भने धमनीहरूमा रक्त प्रवाह ठीक तुल्याएर रगतमा कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्न सहयोग गर्छ ।

चुकन्दर

चुकन्दरले रगत निर्माण गर्छ । यो कलेजोको स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ । यसमा पर्याप्त मात्रामा प्mलेबोनाइड्स एवं बीटाकेरोटीन पाइन्छ जसले कलेजोलाई राम्रोसँग काम गर्न सहयोग गर्छ ।

कागती

कागतीले सम्पूर्ण शरीरलाई फाइदा गर्छ । यसमा एन्टी अक्सिडेन्ट डी लिमोनेन भन्ने एक प्रकारको तत्व पाइन्छ जसले शरीरमा राम्रा एन्जाइमहरूलाई सक्रिय तुल्याउँछ ।

ग्रीन टी

ग्रीन टी ले शरीरको विषाक्त पदार्थ अथवा टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ । यसो हुने बित्तिकै कलेजोको काम स्वतः कम हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्