दाङमा २३८२ उम्मेदवार



दाङ असार ८
स्थानीय तहको निर्वाचनमा दाङमा २ हजार ३ सय ८२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कूल ५ सय २० पदका लागि हुने निर्वाचनमा चार गुणाभन्दा बढी उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका हुन् । जसमा १ हजार ४ सय २८ जना पुरुष र ९ सय ५४ जना महिला रहेका छन् । जसअनुसार यसपटकको चुनावमा दाङमा ५९ दशमल ९४ प्रतिशत पुरुष र ४० दशमलव ६ प्रतिशत महिलाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

उम्मेदवारी दर्ता गराएकामध्ये २३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने एक जनाको उमेर नपुगेका कारण उम्मेदवारी रद्ध भएको थियो । जसमा राजनीतिक दलको तर्फबाट भाग लिने उम्मेदवार २ हजार २ सय ९६ जना रहेका छन् भने स्वतन्त्र ८६ जनाले प्रतिष्पर्धाका लागि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जसमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका ४ सय ४४ जनाले प्रतिष्पर्धा गर्दैछन् भने सबैभन्दा कम बबइ गाउँपालिकामा १ सय ३७ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिनुभयो । घोराहीमा २ सय ७३ पुरुष र १ सय ७१ महिला, तुलसीपुरमा २ सय ६३ पुरुष र १ सय ७३ महिला गरी ४ सय ३६, बबइमा ८२ पुरुष र ५५ महिला गरी १ सय ३७, राजपुरमा १ सय १ पुरुष र ७२ प्रतिशत महिला गरी १ सय ७३ उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै लमही नगरपालिकामा १ सय ६३ पुरुष र १ सय २ महिला गरी २ सय ६५, राप्ती गाउँपालिकामा १ सय ३७ पुरुष र १ सय १४ महिला गरी २ सय ५१, बंगलाचुलीमा ८६ पुरुष र ५९ महिला गरी १ सय ४५, दंगीशरणमा ९६ पुरुष र ५५ महिला गरी १ सय ५१, गढवामा १ सय ३९ पुरुष र ९६ महिला गरी २ सय ३६ तथा शान्तिनगरमा ८८ पुरुष र ५७ महिला गरी १ सय ४५ उम्मेदवार रहेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अध्यक्ष÷प्रमुखमा १३, उपाध्यक्षरउपप्रमुखमा ७, वडा अध्यक्ष ३२, खुला सदस्य २६, महिला सदस्य ७ र दलित महिला सदस्य एक जनासहित ८६ उम्मेदवार रहेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, राप्रपा राष्ट्रिवादीलगायतले स्वतन्त्ररुपमा उम्मेवारी दिएकाले पनि स्वतन्त्र उम्मेदवारको संख्या बढेको हो ।

दलगत उपस्थिति हेर्दा प्रमुख तीन दलले सबै पदमा उम्मेदवारी दिएका छन् भने अन्य दलले थोरै पदमा उम्मेदवारी दिएका छन् । जसअनुसार कांग्रेसले पूरै पद ५ सय २० स्थानमै उम्मेदवारी दिएको छ । एमालेले ५ सय १८ र माओवादी केन्द्रले ५ सय १८ स्थानमा उम्मेदवारी दिएका छन् । एमालेले घोराही ५ र माओवादी केन्द्रले घोराही १ मा राजमोलाई २र२ सदस्य छाडेकाले उनीहरुले २÷२ ठाउँमा कम उम्मेदवारी दिएको जनाएका छन् ।

त्यस्तै राप्रपाले २ सय ७६, राजमोले १ सय ९८, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ८२, नयाँ शक्ति नेपालले ८०, संघीय समाजवादी फोरम नेपालले ३५, मालेले २१, राष्ट्रिय जनमुक्ति पार्टीले २१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले १३, जनजागरण पार्टी नेपालले ६ र नेपाल परिवार दलले २ स्थानमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्