मोटरसाइकल चोरी गर्ने गिरोह प्रकाउ



सैघाली खबर,
तुलसीपुर ,७ बैशाख।
मोटरसाईकल चोरी गर्ने गीरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । दाङको विभिन्न स्थानबाट चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरीएको हो ।

नियमित सवारी चेकजाँच गर्ने क्रममा बैशाख ४ गते साँझ बेलुवामा कृष्ण घर्ति र कृष्ण वली सवार मोटरसाईकललाई चेकजाँच गर्दा कागजपत्र नभएकोे मोटरसाईकल बरामद गरेपछि सोधपुछ गर्दा चोरी भएको भन्ने थाहा भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि प्रकास सापकोटाले बताउनु भयो।

पक्राउ पर्नेहरुमा तुलसीपुर ८ टिकरीका २० वर्षिय कृष्ण घर्ति र सोहि ठाउँका २० वर्षिय कृष्ण वली चोरीमा संलग्न भएका व्यक्ति रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सापकोटाले जानकारी दिएका छन् ।त्यस्तैगरी मोटरसाईकल खरिद विक्रिमा संलग्न रहेका रोल्पा त्रिबेणी गाउपालिका वडा नं। ७ बस्ने भानु केसी, रोल्पा गंगादेवी गाउपालिका वडा नं। २ ओईलाम बस्ने भुपाल वली,वडा नं। ७ बस्ने भिजन बुढाथोकी पनि पक्राउ परेका छन् ।

यस्तै चोरीमा संलग्न रहेका तुलसीपुर २ का खगेन्द्र गिरी, तुलसीपुर ८ वस्ने केशव भण्डारी र सोहि ठाउँका कुलानन्द वली भने फरार रहेका छन् । डिएसपि सापकोटाका अनुसार तुलसीपुर ३ राम्री,खैरीपुर,तुलसीपुर ८ बटोलपुर र मनिकापुरबाट रातको समयमा चोरी गरेको पाइएको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्