मुख्य समाचार

राप्तीमा स्वास्थ्यका लागी कर्मचारी छनौट गर्न लोकसेवा पद्दतीमा परिक्षा लिईयो

By थाहा अनलाइन

April 20, 2018

सैघाली खबर दाङ,७ बैशाख

राप्ती गाउँपालिकाका नागरिकलाई सहज स्वाथ्थ सेवा पु¥याउन राप्ती गाउँपालिकाले ३ स्थानमा स्वास्थ्य केन्द्र सञ्चालालनका लागि राप्ती गाउँपालिकाबाट अ.हे.व.,अ.न.मि. र का.स. छनौटका लागि लिखित परीक्षा शुक्रवार श्री दुर्गा भवानी प्रा.वि .मसुरियामा लिईएको छ ।

तिन स्थानका लागी ९ जना कर्मचारी आवस्यक रहेकोमा अहेव पदका लागि ३६ जना, अनमी पदका लागि २१ जना तथा कास पदका लागि २२ जना परिक्षार्थी परिक्षामा सहभागी भएका छन् ।

पौष १४ गते आवेदन माग भएपनि विभिन्न कारणले समयमै परिक्षा गर्न नसकीएको हुदा आवस्यक तयारी पश्चात मात्र शुक्रवार परिक्षा गराउन सफल भएको राप्त्ी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले परिक्षा लोकसेवा पद्दती बाट सञ्चालन गरिएको हुदा नतिजा स्वच्छ तथा निश्पक्ष हुनेमा सबैलाई ढुक्क रहन समेत आग्रह गर्नुभएको छ ।