आइपिएलको ११औँ संसकरणमा सन्दीपले खेल्ने सम्भावना बढ्दो



सैघाली खबर
काठमाडौं,७ बैशाख

भारतको चर्चिच क्रिकेट लिग आइपिएलको ११औँ संसकरणमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेविल्समा आवद्ध छन्। दिल्लीले अहिलेसम्म चार म्याच खेलिसकेको छ तर सन्दीप भने मैदानमा देखिएका छैनन्। दिल्लीले शनिबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दैछ। शनिबार सन्दीप मैदानमा देखिएलान् कि नदेखिएलान् भन्नेमा शंका नै छ। तर, सोमबार दिल्लीको घरेलु मैदानमा भने सन्दीपले खेल्ने सम्भावना रहेको उसको आधिकारीक वेभ साइटमा उल्लेख छ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानको विकेट स्पिनरलाई मद्दत पुग्ने खालको छ। जसमा भारतीय पूर्व कप्तान अनिल कुम्बलेले पाकिस्तान विरुद्ध एउटै खेलमा १० विकेट लिएका थिए। यो मैदानमा भएको पछिल्लो अन्तर्राष्ट्रिय टी(२० खेल भारत र न्यूजिल्यान्डबीच भएको थियो जसमा ६ विकेट स्पिनरले लिएका थिए।

यो मैदानमा फास्ट बलरले १० को इकोनोमिमा रन दिएका थिए जबकी स्पिनरको औसत ६।३३ रहेको छ। मैदानको विशेषता यस्तो रहेकाले दिल्लीले सन्दीपलाई मैदानमा उतार्न सक्ने दिल्लीको वेभसाइटमा उल्लेख छ। दिल्लीले फिरोज शाह मैदानमा सन्दीपको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्