‘बेबी आई लभ यु’को ट्रेलरले यसरी लोभ्याउदै दर्शक?



सैघाली खबर
काठमाडौं,७ बैशाख

जेठ १८ देखि प्रदर्शनमा आउने फिल्म ‘बेबी आई लभ यु’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नवनायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको लभ, रोमान्स र र बिछोडलाई देखाइएको छ। प्रस्तुतकर्ता शिव न्यौपानेले फिल्मले युवा पुस्तालाई आकर्षण गर्ने बताए।

यस्तैै फिल्ममा संगीत समेत दिएका नायक खड्गीले फिल्ममा सक्दो मिहेनत गरेको बताए। जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ। कार्टुुञ्ज क्रुको प्रस्तुति रहेको फिल्मको ‘कान्छी मायालु’ बोलको गीत तथा भिडियो हिट भैसकेको छ।

( टेलर हेर्न यहाँ क्लिीक गर्नुहोस )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्