ओली र प्रचण्डबीच छलफल निश्कर्ष बिना टुङगीयो , भोलि पनि छलफल



सैघाली खबर
काठमाडौं,७ बैशाख

पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

पार्टी एकता संयोजन समितिले बुझाएको प्रतिवेदनमाथि दुई नेताले छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निश्कर्षमा नपुगेकाले शनिबार पनि छलफल हुने दुई नेता निकट स्रोतले जानकारी दिएको छ ।

दुई नेताले पार्टी एकताकाअघि आपसी अविश्वास हटाउनका लागि छलफल गरिरहेका छन् । उनीहरुबीच बिहीबार पनि छलफल भएको थियो र शनिबार पनि छलफल गर्दैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्