तुलसीपुर । दाङ असार ८
माअोवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाको प्रचार प्रसार अन्तरगत बिहिबार पनि बिभिन्न स्थानमा घरदैलो, चुनाबी सभा तथा कोणसभा भएका छन् । माओवादी केन्द्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार शेसुराम भण्डारी, उपमेयर सीता वली ‘बृक्षा’ , माअोवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहित अञ्जान, वाईसिएल दाङका उपाध्यक्ष माईकल गुर्ताल लगायतको प्रचार प्रसार टोलीले तुलसीपुर ६ मा घरदैलो गरेको छ भने बिजौरीमा तुलसीपुर १७,१८ र १९ को संयुक्त कोणसभा गरेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।