किन राष्ट्रिय जनता पार्टी फुट्यो ?



सैघाली खबर
काठमाडौं,७ बैशाख

राष्ट्रिय जनता पार्टी नेपाल बिभाजन भएको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गर्नुभएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् ।

पार्टीको महाधिवेशन नहुन्जेल सम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् । तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह लगाएत रहेका छन् ।

संयोजक यादवले राजपा नेपालका अध्यक्ष मण्डलका ६ जनाले र उनीहरु र आफ्ना परिवारका लागि मात्रै सुविधा लिन तल्लनी भएको तर संविधान संशोधनको विषयमा कुनै भूमिका नखेलेको आरोप लगाउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्