प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने मुख्यमन्त्रीको घोषणा



सैघाली खबर
काठमाडौं,७ बैशाख

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गर्नुभएको छ । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा आजदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो घोषणा गर्नुभएको हो । प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना अनुसार आगामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उहाँले घोषणा गर्नुभयो ।

क्रिकेटको लागि विशेष मैदान निर्माण गरिने मुख्यमन्त्री राउतले विश्वस्त पार्नुभयो । तेस्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगितामा देशभरिका टोली सहभागी छन् । धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्यमन्त्री राउतले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको थियो ।

जनकपुरमा पहिलोपल्ट टर्फ विकेटमा प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघ धनुषाका विमलेश सिंहले बताउनुभयो । दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको सिहले बताउनुभयो । विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्