असफल हुनबाट यसरी बच्यो ४ नम्बर प्रदेश सरकार



ओम हमाल,पोखरा

सत्तापक्षकै सांसदहरुको चरम असन्तुस्टीका कारण प्रदेश नम्बर ४ को सरकार असफल हुनबाट मुस्किलले बचेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्राम प्रस्ताव गर्दैगर्दा सत्तापक्षकै सांसदहरुको व्यापक असन्तुस्ती जनाउदै बैठकमै उपस्थित नभएपछी प्रदेश सरकार झन्डै ढलेको हो ।

नीति तथा कार्यक्रम पारित गर्दा सरकारको समर्थनमा बहुमत नभए सरकार स्वतः ढल्ने प्राबधान छ । ६० सदस्य रहेको प्रदेश सभामा नीति तथा कार्यक्रम पासहुन ३१ सांसदको समर्थन चाहिन्छ ।

बैठक सुरु हुने बेला ४५ सांसद उपस्थित हुँदा सत्ता पक्ष २७ मात्रै थिए । त्यसपछि एमालेका मन्त्री र सांसदहरु बाहिर निस्केर अनुपस्थित सांसदलाई फोन गर्न थाले ।

केहीबेरपछि मन्त्री नरदेवी पुन सहित अरु २ सांसद थपिए । तर बहुमतकालागि १ जना अझै पुगेन । फेरी अर्का एक मन्त्री संसदबाट बाहिर निस्केर सांसदहरुलाई फोन घुमाए । ढिलो गरी आईपुगे आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ।

बहुमत मुस्किलले पुग्यो । संसदबाट कठीन रुपमा पारित भएसँगै सरकारको नीति तथा कार्यक्रमले बैधानिकता पाएको छ ।

सरकारमा एमाले र माओबादी छन । काँग्रेस, जनमोर्चा र नयाँ शक्ति विपक्षमा छन । सभामुखले नीति तथा कार्यक्रम पारितकालागि निर्णयार्थ पेश गर्दा सत्तापक्षले मात्रै समर्थनमा हात उठाए तर विपक्षी तीनै दलले समर्थन गरेनन् ।

बुधबारको बैठकमा सत्तापक्षका चन्द्रबहादुर बुढा, दीपक कोइराला, पुष्पा केसी भण्डारी, मधुमाया अधिकारी, राजीव पहारी, रामबहादुर गुरुङ र मीन प्रसाद गुरुङ अनुपस्थित भए ।

सत्तापक्षकै सांसदको अनुपस्थितीमा नीति तथा कार्यक्रम पारित गर्न सकस परेपछि सरकारलाई असहयोग गरेको शंका उत्पन्न भएको छ । बुधबार भएको बैठकमा विपक्षका टेकबहादुर घर्ती र धनमाया लामा पोख्रेलपनि बैठकमा उपस्थित भएनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्