परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता, के-के भयो चीनमा ?



सैघाली खबर,
काठमाडौं । चीननले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको खुलासा भएको छ। साताव्यापी चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताएका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए। परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे। नेपालमा नयाँ सरकार गठनको नयाँ परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउँदै सहयोगका लागि नयाँ क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए।

भ्रमणका क्रममा आफुले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाइदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए। उनले रसुवागढी–केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका सञ्चालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफू विश्वस्त भएको बताए। परराष्ट्रमन्त्री ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि बैशाख ३ गते त्यसतर्पm प्रस्थान गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्