ग्रेटअरणीकोद्धारा बिद्यार्थीलाई विदाई



सैघाली खबर,
तुलसीपुर ८ बैशाख

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ मा रहेको ग्रेटअरणीको ईग्लिस सेकेन्डरी स्कुलबाट कक्षा १२ का बिद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार कक्षा ११ का बिद्यार्थीहरुले एक कार्यक्रम ति बिद्यार्थीहरुलाई बिदाई गरेका हुन् । कक्षा ११ का बिद्यार्थी प्रकाश पराजुलीको अध्यक्षता तथा बिद्यालयका प्रिन्सिपल मान बहादुर बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि बस्नेतले बिदाई भएर जाने बिद्यार्थीहरुलाई प्रगतिको कामना गर्दै बिद्यालयबाट सिकेको ज्ञान, क्षमतालाई ब्यबहारमा उतार्न आग्रह गरे । ‘ किताबी ज्ञान भएर मात्रै हुँदैन्’ उनले भने‘ सिकेको ज्ञान र दक्षतालाई प्रष्पुटन गर्नुपर्छ ।’ शिक्षा सिकाईको प्रक्रिया निरन्तर चलिरहने भन्दै शिक्षा शिक्ने प्रक्रियाबाट टाढा नरहन समेत बिद्यार्थीहरुलाई सुझाब दिए । उनले बिद्यार्थीहरु समाजप्रति उत्तरदायी हुनुपर्ने समेत उनले बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि निमित्त प्रिन्सिपल बिष्णु प्रशाद देवकोटा, फाईनन्स डाईरेक्टर नबराज भण्डारीलगायतले सफलताको शुभकामना ब्यक्त गरेका थिए । बिद्यार्थी दीप चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक नारायण भट्टराईले गरेका थिए । त्यस अबशरमा बिभिन्न प्रस्तुतीहरु पनि राखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्