सुरक्षित र व्यवस्थीत अटो ल्याण्डको माग



सैघाली खबर
दाङ, ८ वैशाख । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले दाङमा सुरक्षित र व्यवस्थीत अटो ल्याण्डको निर्माण हुनुपर्ने बताउनुुभयो । छित्रिएर सेवा मोटर साईकल वर्कशपहरु अटा ल्याण्डको निर्माणले एककृत गरी सहज र एकरुपताको सेवा दिन सक्ने भएकाले दाङमा अटो ल्याण्डको निर्माण अति आवश्यक रहेको बताउनुभयो ।

‘ मर्यादित काम सामाजिक सुरक्षा , सुरक्षित कामका लागि अटो ल्याण्डको व्यवस्था ’ भन्ने मुलनाराका साथ शनिवार घोराहीमा सम्न्न नेपाल अटो मेकानिक्स ट्रेड युनियन दाङको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन दाङका अध्यक्ष जमान खानको अध्यक्षता तथा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानरगरपालिका उपप्रमुख सीता न्यौपानेकोे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि िअधिकारीले दाङमा ठूला सवारी साधनहरुको ठूला सवारीहरुका लागि अटो भिलेजको व्यावस्थापन साना सवारीहरुको नभएको टिप्पणी गर्दै त्यसमा राज्यकै कमजोरी रहेको आरोप लगाउनुभयो । जसका कारण साना वर्कशपहरु अव्यवस्थीत र असुरक्षित रुपमा गुज्रिरहनु परेको उहाँको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले अटो ल्याण्डको व्यवस्थापनमा उचित ध्यान दिन सके अटो व्यावसाय उत्पन्न हुने प्रदुषणलाई न्युनिकरण गर्न सकिने बताउदै अटो ल्याण्डको व्यवस्थापन अति आवश्यक रहेकाले त्यस तर्फ सवैका हातेमालो आवश्यक रहेका बताउनुभयो । उहाँले भन्नुभयो – ‘ अटो ल्याण्डको व्यवस्थापनका लागि उपमहानगपालिले गराउने सक्छ । तर साथ अटो व्यवसायीहरुको आवश्यक पर्छ । ’ उपमहानगरपालिकाको एक्लो प्रयासले सम्भव नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , नेपाल ट्रेड युनियन , जिफन्टका सदस्य केशवराज गिरी , नेपाल ट्रेड युनियन , जिफन्टका केन्द्रीय सदस्य पूर्ण वहादुर केसी, नेपाल शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत र पेशागत महासंघ दाङका उपाध्यक्ष शेर वहादुर केसी लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियन दाङका उपाध्यक्ष गोहराज चौधरीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीरकण सचिव सरोज योगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्