निःशुल्क स्वास्थ्य शिविर



सैघाली खबर
दाङ , ८ वैशाख । ओम बाबा अटो प्राली दाङ र हंसराज हुलासचन्द्र एण्ड कम्पनीले शनिवार घोराहीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम बाबा अटो प्रालीका अध्यक्ष बलदेव योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतराज अर्यालको प्रमुख आतिथ्यता तथा जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी सहायक निरिक्षक विष्णु केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पमुख अतिथि वडा अध्यक्ष अर्यालले चालक स्वस्थ्य रहे यात्रु र आफुलाई सुरक्षित यात्राको सेवा दिन सक्ने बताउनुभएको थियो । जसका लागि चालकहरु स्वयम आफै सचेत बन्न आग्रह गर्नुभयो । सुरक्षित सेवा नै अटो व्यवसायीहरुको विश्वसनियता रहेकाले त्यसतर्फ सजक रहन आग्रह गर्नुभयो ।

अटो व्यवसायीहरुले भाडाँदरमा अनियमित रहेको टिप्पणी गर्दै समान भाडाँदरको निर्धारण हुनुपर्ने बताउनुभयो । जसले सेवा नाफा र सेवा मुलक बनाउने बताउनुभयो । सेवामा यात्रुहरुलाई मात्रै मर्कामा नभई व्यवसायीहरु पनि आफ्नै पीडा र समस्याहरु रहेकाले त्यस लाई व्यवस्थापन गर्न सवै जिम्मेवार निकायहरु हातेमालो गर्दै व्यवसायीहरुका समस्या समाधानका जुट्नुपर्ने बताउनुभयो ।
सवारी चालक अनुमति पत्र बिना वाध्यतावंश व्यवसायी अटो सञ्चालन गरिरहेकाले बताउदै त्यो वाध्यतालाई वैशाख सम्ममा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । वैशाख भित्रमा अस्थायी व्यवस्थापनको विकल्प खोजी निर्वाह रुपमा व्यवसाय सञ्चालनको अनुमति पत्र दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यालयका सहायक प्रहरी निरिक्षक विष्णु चालक र पैदलयात्रुहरुमा ट्राफिक चेतना अभावका कारण दाङमा महिनैपिच्छे दर्जनौ सडक दुर्घटनाका ज्यान गुमाउनुपर्ने स्थिति रहेकाले ट्राफिक चेतनाको विकास दाङको पहिलो आवश्यकता रहेको बताउनुभयो । चालकको वा पैदल यात्रुको लापरवाही होस् जहाँ जो भए पनि ट्राफिक चेतना कमि नै रहेकाले त्यस तर्फ सवै सजक हुने उहाँको आग्रह छ ।

उहाँले दाङमा मादक पदार्थ सेवन गरी सवारी साधन कुदाउने प्रवृत्ति रहेकाले त्यसमा ट्राफिक प्रहरी मात्रै नभई चालक र यात्रुहरु पनि सजक हुनुपर्ने उहाँको भनाई थियो ।

शिविर अटो व्यवसायी तथा अन्य सर्वसाधरणको प्रेसर संगै अन्य अङ्गहरुको चेकजाँच गरिएको थियो । शिविरमा राप्ती उपक्षेत्रिय अस्पतालका डा. बाचस्पती सुवेदी , अहेव महेश कार्की र याम पुनले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । भने हंसराजु हुलास एण्ड कम्पनीका क्षेत्रिय अपिसर कमल विष्ट र सुमन चापागाईको सहभागीता रहेका थियो । कार्यक्रमको सहजीकरण ओम बाबा अटो प्रालीका म्यानेजिङ डाईरेक्टर धनीराम योगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्