विप्लवको वेश क्याम्प, सैन्य तालिम गरिएको प्रहरीको पुष्टि



काठमाडौं, ८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वेश क्याम्प नै राखेर सैन्य तालिम लिएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालीकामा बेसक्याम्प स्थापन गरी पूर्वी कमाण्ड राखेको प्रहरीले सुराक पाएको छ । ५ वैशाखमा तालिम सम्पन्न गरेको जानकारी पाएपछि अनुसन्धान थालिएको सिन्धुली प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलन गरी जिल्ला सिन्धुली प्रहरीका नायव उपरिक्षक विनोद शर्माले विप्लवका दुई कार्यकर्ता समेत पक्राउ गरिएको जनाएका छन् । बम विस्फोट गराउने बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनायो ।

विप्लवका धनुषा मिथिला नगरपालिका–१० का राजन बस्नेत र सिन्धुली हरिहरपुरगढी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य जारी राखेको प्रहरीलेजनाएको छ ।

उनीहरूको साथबाट जिलेछिन नियोजेल ९००५७ थान, डेटकर्ड तार दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद र बा३८प ४२८६ नम्बरको पल्सर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्