एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध विजयी ।।



असार ९ local-elections

 
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध विजयी भएका छन्। प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो निर्विरोध हुनेमा नेपाली काँग्रेस र नेकपा (एमाले)का १४–१४ र नेकपा (माओवादी केन्द्र) का १० जना रहेका छन् । निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका ५ का धनञ्जय बोहोरा रहनु भएको छ । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको आयोगका प्रवक्ता शर्माको भनाइ छ । यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्