नेपाल सुनचाँदी व्यावसायी संघ दाङको दशौ अबिधेशनको उद्घाटन



 

सरकारले उपेक्षा ग¥यो अध्यक्ष सुनार
दाङ,८ बैशाख । नेपाल सुनचाँदी व्यावसायी संघ दाङ १८ औ साधारण सभा एवं दशौ अबिधेशनको शनिवार घोराही मा उद्घाटन गरिएको छ ।अधिवेशनको उद्घाटन सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार सुनारले गर्नु भएको हो ।

उद्घाटन गर्दै अध्यक्ष सुनारले राज्यले व्यावसायीलाई उपेक्षा गरेको वताउँनुभयो । २०६६ साल भन्दा अगाडि नेपालभरका सुनचाँदी व्यवसायीका लागि सरकारले दैनिक १५ केजी सुन उपलव्ध गराएको बताउदै अध्यक्ष सुनारले सरकारले व्यवसायीको अधिकार माथि खेलवाड गरेको समेत बताउँनुभयो ।सरकारले अहिले उपलव्ध गराएको सुन प्रयाप्त नभएको बताउँदै

सरकारले उपलव्ध गराएको सुन काठमाण्डौको न्युरोडमा रहेका ४÷५ वाट पसललाई पुग्दैन” देशभरको मागलाई कसरी पुर्ती गर्नु उहाँले भन्नुभयो ।नेपालको कुल जनसंख्य करीव ३ करोड छ भने सरकारले उपलव्ध गराउने १५ केजी सुनले कतिको आवश्यक्ता पुर्ती हुन्छ आफै अनुमान लगाउन सुनारले अनुरोध समेत गरे ।दाङ जिल्लामा २ सय भन्दा वढि सुनचाँदी व्यावसाय संचानमा आएको वताउँदै

दैनिक आउने २ केजी सुनले जिल्लाको माग धान्न नसक्ने वताउँनुभयो ।हामीले तिरेको राजश्वले सरकार चलिरहेको छ तर हामाी माथि नै सरकारले सिण्डिकेट लगाएको छ अध्यक्ष सुनारले भन्नुभयो अवको सरकारले पनि व्यवसायीका मागलाई वेवास्ता ग¥यो भने देशभरका सुनचाँदी पसलहरु वन्द गर्नुको विकल्प नभएको उनको समेत बताउँनुभयो ।कार्यक्रममा विशिष्ट अतिथि घोराही उप महानगरपालीकाकी उपमेयर सिता न्यौपानेले उपभोक्ताहरुको चाहाना उनुसार गहना निर्माण गर्ने व्यवसायीहरुको सुरक्षाको लागि आफु तयार रहेको बताउँनुभयो ।

सुनचाँदी व्यवासायी संघ दाङका ध्रवकुमार गहरातजको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ दाङको अध्यक्ष सविन प्रियाशन, दाङ उद्योग वाणिज्य सघका अध्यक्ष नारायण भुुषाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त एमाले दाङका उप सचिव सुरामणी बेल्वासे, काग्रेस दाङका सचिव शंकर प्रसाद डाँगी लगाएतले वोल्नु भएको थियो । संघका सचिव मानबहादुर रसाईलीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचाल समिक्षा सेर्पालीले गर्नु भएको थियो । अधिबशनले आगामी तीन वर्षका लागि नयाँ नेत्रित्व चयन गर्ने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्