राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखालाई



लक्ष्मण बस्नेत
दाङ , ८ वैशाख ।  दशौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधी गोरखा मा बि तुलसिपुरले हात पारेको छ ।  जिल्ला खेलकुद बिकास समिती दाङको आयोजनामा संचालित प्रतियोगितामा ७ स्वर्ण, ६ रजत,१ कास्य पदक हात पार्दै गोरखा मा वि तुलसिपुरले उपाधी चुमेको हो । एथलेटिक्सका विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको गोरखाले रनिङ शिल्ड,ट्रफि संगै नगद ३५ हजार हात पारेको छ ।

त्यस्तै ज्ञानोदय मा बि पत्थरगढवा ४ स्वर्ण,१ रजत,१ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपविजेता बनेको छ । उसले नगद २० हजार,ट्रफी हात र्पायो १त्यस्तै बालजनता मा बि ३ स्वर्ण १ रजत २ कास्य पदक हात पार्दै तृतिय स्थान हासिल गर्न सफल भयो ।

बैशाख ६ गते देखि वेल्झुण्डी खेलमैदानमा संचालित प्रतियोगिताको भलिबल छात्र तर्फ साविक विजेता ज्ञानोदय मा बि पत्थरगढवाले प्रथम स्थान हासिल गर्न सफल भयो । फाईनलमा आदर्श मा बि लाई ३९० को सोझो सेटमा पराजित गर्दै ज्ञानोदय मा बि ले प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै छात्रा तर्फको फाईनलमा मा बि श्रीगाउलाई ३९० को सोझो सेटमा पराजित गर्दै मिडवयस्ट एकाडेमी खैरेनि प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै छात्रा कबडी तर्फ गुरुजजुर मा बि रक्षाचौर प्रथम,मा बि भ्युडर सुनपुर द्धितिय र कालाकाटे मा बि तृतिय भए । छात्र तर्फ भने महेन्द्र मा बि प्रथम,प्रहरी स्कुल द्धितिय र सरस्वती मा बि भरतपुर तृतिय भए ।

त्यस्तै तेक्वान्दो तर्फ महेन्द्र मावि तुलसीपुरले प्रथम स्थान हात पारेको छ । । उसले ३ स्वर्ण र १ कास्य पदक प्राप्त गर्न सफल भयो । हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरे १ स्वर्ण, २ रजत र १ काश्य पदकका साथ द्धितिय र १ स्र्वण पदक मात्र हात पारेका गोरखा मावि तुलसीपुर तृतिय भए । तेक्वान्दो खेलमा महिला तर्फ सुष्मा सुनार र पुरुष तर्फ स्वागत परियार उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

त्यस्तै कराते खेल तर्फ गोरखा मावि घोराही प्रथम, गुरुकुल एकाडेमी घोराही दिृतिय र सहिद स्मृति आवासीय मा।वि तृतिय भएको छन । कराते तर्फ पुरुष तर्फ गोरखा मावि घोराहीका विगत पुन र महिला तर्फ गुरुकुल एकाडेमीकी निसाना रोकामगर उत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ ।

त्यसैगरी एथ्लेटिक्स तर्फको खेलमा गोरखा माबि तुलसीपुर ७ स्र्वण, ६ रजत र १ कास्य पदक हात पार्दै प्रथम, ३ स्र्वण, १ रजत र १ कास्य पदक हात पारेको ज्ञानोदय माबि द्धितिय र ३ स्र्वण, १ रजत र २ कास्य पदक हात पारेको बालजनता माबि बनगाँउ तृतिय भयो । एथ्लेटिक्सको छात्र तर्र्फ गोरखा माबि तुलसीपुरका लेखनाथ महर र छात्रा तर्फ सोहि विद्यालयका अरुणा रिजाल उत्कृष्ट खेलाडी घोषित भए ।

जिल्ला स्तरिय प्रतियोगितामा छनोट भएका खेलाडीहरुले आगामी प्रदेश न ५स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ मा भाग लिनेछ । यसैविच जिल्ला खेलकुद विकास समिति दाङ अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्य एव प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कर्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्य, जिल्ला खेलकुद विकास समितिका पुर्व कोषाध्यक्ष भोजराज वली , लगाएतकाले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण समितिका सदस्य टोपेन्द्र थापाले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्