राष्ट्रिय जनमोर्चा तुलसीपुरको नगर सम्मेलन सम्पन्न



सैघाली खबर
दाङ , ८ वैशाख । राष्ट्रिय जनमोर्चा तुल्सिपुर उपमहानगरपालिकाको सम्मेलन शनिवार झुमरेमा सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका संयोजक स्यामलाल पोख्रेलको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष दोर्ण घर्तिले प्रमुख आतिथ्यताका सम्मेलन सम्पन्न भएको हो ।

ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी , राष्ट्रिय जनमोर्चा जिल्ला सचिब गणेश आचार्य , कोषाध्यक्ष ऋषिराम पौडेल , सदस्य र्इश्वरी भण्डारी, अखिल नेपाल किसान संघ जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, अखिल नेपाल महिला संघ नगर सचीव शान्ता खनाल लगायत ले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दुर्गा भण्डारीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम को संचालन सुशील पोख्रेल ले गर्नु भएको थियो ।

सम्मेलनले स्यामलाल पोख्रेल को अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन गरिएको छ ।
जसको उपाध्यक्ष ढुन्डिराज खनाल, सचिब दुर्गाप्रसाद भण्डारी, कोषाध्यक्ष जुद्द बहादुर नेपाली र सह सचिब दुर्गा पोख्रेल चयन हुनुभएको छ , त्यसतै सदस्यहरूमा दुर्गा खनाल,रुकुम प्रसाद भण्डारी,उत्तम भण्डारी शान्ता खनाल बेगम बिष्ट, नारायण भण्डारी , मन बहादुर गुरुङ, बिष्णा पौडेल , माया चौधरी, नुमा बिक, पिताम्बर शर्मा , रेगबहादुर बिक , कृष्ण चौधरी र उमानन्द खनाल रहनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्