वादीवस्तीमा ‘खोला वढे पनि, खोला सुके पनि चिन्ता खानेपानीकै ’



गिरिराज नेपाली
दाङ , ८ बैशाख । हिउद उही , वर्खा उही सधैको दुःख खानेपानीकै । वर्खामा खोला बढेर खानेपानी कहाँवाट ल्याइ खाआंै भन्ने हुन्छ । गर्मिमा खोला सुके पनि चिन्ता खानेपानी हुन्छ । न धारा न कुवा, वस्तीछेउमै बगेको सेवारखोला । नुहाउने पानी त्यही, खानेपानी पनि त्यही वादीवस्तीको वाध्यता । भनिन्छन बत्तिमुनि अध्ँयारो हुन्छ भनेझै घोराही उपमहानगरपालिका १३ दुर्गाभवानी टोल बजारभित्रैको वस्ती रहेपनि खोलाको पानीले वाँचिरहनु परेको छ ।


स्थानीय शान्ता वादी भन्नुहुन्छ – ‘ खोला खोर्सिदै पानी खान्छांै । ’ त्यही पनि पुग्दैन । खोर्सिरे निक्लेको पानीले गाउँभरीका लागि नपुग्ने भएपछि आलोपालो गर्दै पानी भर्नुपर्ने वाध्यता रहेको समेत रहेको उहाँको भनाई छ । खोलाको पानी शुद्ध नहुदा वालवच्चा घरपरिवार महिनैपिच्छे पानीकै कारण विरामी पर्ने गरेको बताउनुभयो । पानीको समस्याका कारण खोलामै नुहाउने , भाडाँकुडी माझ्ने र खानेपानी पनि त्यही भरेर खानेपर्ने वाध्यता रहेको छ । खानेपानी समस्या हुदा नुहाइ धुवाई ,खाने र भाडाँ माझ्ने सवै त्यही खोलाकै पानीे गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘वर्खा भल बगेको धमिलो पानी , हिउदो बजारको फोहार मिसिएको कालोपानीले जीवन काँटेका छौ , जे भएपनि प्यास मेटेको छ । ’ गर्मियाम वढेसंगै संगै खोला पनि सुक्दै जानथाले त्यही खोलाको पानी पनि अभाव हुदै गईरहेको उहाँको भनाई छ ।

खानेपानीको निकै समस्या हुदा खोलाको पानी पनि आलोपालो गरेर भर्ने ÷खाने गरेको उहाँले बताउनुभयो । खोला खोर्सेर आएको सुमलो पानीले सानो हुने भएकाले आलोपालोमै पानीको समस्या टार्ने गरेको उहाँले बताउनुभयो । खोलामा धोएका लुगाले जिउ चिलाउछ , नुहाएर घाउ निस्कीन्छ । खाए पखला लाग्छ । जे भए पनि खानुपर्ने वाध्यता रहेको उहाँले सुनाउनुभयो ।
त्यस्तै अर्की स्थानीय शुशिला नेपाली (वादी) ले भन्नुहुन्छ – ‘खोला सुके पनि चिन्ता वढे पनि चिन्ता उही खानेपानीकै छ मजदुरी दालभात र खानीको समस्याले खोलाले टारेको छ । ’ आफ्नो परिवार वस्तीमा बसेको दश वर्षभयो ।

दशवर्षै देखिनै निरन्तर खोलाको पानी खादै आईरहेको उहाँले बताउनुभयो । हिउदमास खोलाको पानीले सवै धाने पनि गर्मिमा खोला नै सुक्ने भएकाले खानेपानी संगै शौचालयमा समेत समस्या पर्ने गरेको उहाँको भनाई छ । जसका कारण गाउँभरीका नै विरामी हुदै गईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजोआज पेटजाने विमारले सवैलाई छोएको छ । ’ अहिले त्यही खोला पनि सुक्दै जान थाले पछि पानीको हाँहाँकार बढ्दै गईरहेको छ । खोलाको पानीले गर्दा औषधी उपचारमै दिनैपिच्छे ÷महिनैपिच्छे धेरै पैसा खर्च हुने समेत गरेको उहाँले बताउनुभयो ।

स्थानीय रन्जिता नेपालीले –वादी)ले खानेपानीको धारा र कुवा दिन्छौं भन्ने सरकारी कार्यालय, दल , नेता , सहयोगी संघसंस्था सवैले भन्छन । तर यतावटा उता गए सवै बिर्सिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – ‘ अरुमा वञ्चित छौं–छांै खानेपानीमा समेत बञ्चित छौं , खोलाको पानीले वाँचिरहेका छौ । जसले पनि खानेपानी ल्याईदिन्छौ भनि आश्वासन दिदा दिदै स्थानीयहरु आश्वासन पर्खेर वस्नुपर्ने मात्रै भएको उहाँको गुनासो छ । ‘ खोलामाथिको खानेपानी निर्भरता हामी हटाउन चाहान्छौ – ‘ उहाँले भन्नुभयो ।

शुद्ध र सहज खानेपानीको पहुँच प्रत्येक घरघरमा

शुद्ध र सर्वसुभल खानेपानीको सेवा र पहुँच प्रत्येक घरघर , प्रत्येक व्यक्तिव्यक्तिमा पुग्न र पु¥याउने लक्ष्य घोराही उपमहानगरपालिकाले लिएको मेयर नरुलाल चौधरीले बताउनुभयो । खानेपानी आधारभुत अधिकार रहेकाले खानेपानीको अभावमा नगरवासी कसैले पनि भोग्नु नपर्ने जसका लागि उपमहानगरपालिकाले निकै तिव्रता र उत्साहका खानेपानी योजना र कार्यक्रम सञ्चालन गरीरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पाइप पुग्ने ठाउँमा धारा , नपुग्ने ठाउँमा कुवाको निर्माण गरी नगरवासीलाई शुद्ध खानेपानी पु¥याउछौं । ’ खानेपानी पहिलो आवश्यकता रहेकाले खानेपानी सवैमा सवैका पहुच पु¥याउने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्