एमाले-माओवादी पार्टी एकता घोषणागर्ने भनिएको दिन लेनिन जयन्ती मनाउनमै सिमित



नेकपा एमाले र माओवादी केन्दबीच आज गर्ने भनिएको पार्टी एकता घोषणा स्थगित भएपछि उनीहरुको आजको कार्यक्रम लेनिन जयन्ती मानउनेमा मात्रै सिमित हुने भएको छ ।

बैसाख ९ गते अर्थात दुईपार्टीविच एकता हुने भनिएपनि पार्टी एकिकरणपछि बन्ने दुई अध्यक्षको कार्यविभाजनको बारेमा कुरा नमिलेपछि आज हुने भनिएको एकता घोषाण कार्यक्रम नहुने भएको हो ।

घोषणा कार्यक्रम नहुने भएपछि आज कम्युनिष्ट पार्टी स्थापनाको दिन परेकोले दुईपार्टीले संयुक्तरुपमा काठमाण्डौमा कार्यक्रम गर्दै छन । दिउसो एक बजे शुरुहुने कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्ने छन ।

ती दुई पार्टीका नेताहरुले मे १ अर्थात् विश्व मजदुर दविस वा कार्ल माकर््सको जन्म जयन्ती मे ५ अर्थात् वैशाख २२ कालागि पार्टी एकताको मिति सारेका छन ।

सैद्धान्तिक विषयमा कुरा मिलिसकेपनि पद बाँडफाँडमा कुरा नमिल्दा पार्टीपंक्तीमा पर्न जाने असरलाई मध्यनजर गर्दै उनीहरुले आज संयुक्त कार्यक्रम गर्न लागेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्