प्रचण्ड निवासमा पार्टी एकता बारे माओवादी केन्द्रको बैठक



सैघाली खबर
काठमाण्डौ , ९ वैशाख । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक आइतबार विहानैदेखि बसिरहेको छ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेता लीलामणि पोखरेलले जानकारी दिए।

पार्टी एकताका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका छलफलको प्रगतिबारे अध्यक्ष प्रचण्डले वैठकमा जानकारी गराउने कार्यक्रम छ।

पार्टी एकतापछि चुनाव चिह्न, विधानमा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिल्न बाँकी छ।

ओली र प्रचण्डबीच सहमतिको लागि पटक पटक छलफल भए पनि यी विषयमा ठोस सहमति हुन सकेको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्