मुख्य समाचार

संसारलाई नयाँ आविश्कार दिएका महान व्यक्तिका महान भनाइहरु

By थाहा अनलाइन

April 22, 2018

हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।

–एपिक्युरस

म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन । –बालकृष्ण सम

यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ । –आइज्याक न्युटन

यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल । –बेन्जामिन फ्रेंकलिन

जो व्यक्तिमा आफ्नो अगाडी आएको मौकालाई चिन्न सक्ने शक्ति हुँदैन उसलाई मौकाले बारम्बार ढक्ढकाए पनि त्यसलाई उ हल्ला सम्झन्छ । –वि फोर्ड

कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ । –नेल्सन मन्डेला

मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन। –म्यारी क्युरी

नारी सवथोक गर्न सक्छे तर आफ्नो इच्छाविरुद्ध प्रेम गर्न सक्दिन । –सुदर्शन

तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । –इलेनोर रूजवेल्ट