‘प्रतिष्ठानमा विवाद होईन निकास खोजौ ’



गिरिराज नेपाली
दाङ , ९ वैशाख । २०७४ साल असोज २९ गते नेपाल सरकारको मन्त्री स्तरिय बैठकले राप्ती उपक्षेत्रिय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नती गर्ने निर्णय गरे पनि हाल सम्म प्रतिष्ठान निर्णयमै सीमीत छ । प्रतिष्ठान सञ्चालनका लागि नेपाल सरकारले पदाधिकारी चयन गरी अख्यितारी समेत दिएको छ । तर प्रष्तिठान निर्माणको काम अझै सञ्चालन हुन सकेको छैन ।

राप्ती उपक्षेत्रिय अस्पताल र प्रतिष्ठान विचको विवाद लम्बिदै जाँदा प्रतिष्ठानको कामकाज अन्यौलतामा गुज्रिरहेको छ । नागरिक समाज दाङले आपसी विवादको शिकार प्रतिष्ठान नबनाउने आग्रह गरेको छ । नागरिक समाज दाङले आपसी विवादको समाधान गर्दै प्रतिष्ठान निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग गरेको छ । समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षताका सम्पन्न छलफलमा यस्तो बताएको  हो  ।

बैठक पछि समाजले प्रतिष्ठान निर्माणको काम अन्यौलमा परेकाले तत्काल निर्माणको काम सञ्चालन हुनुपर्ने माग गरेको छ । प्रतिष्ठानको आर्थिक एवं प्रशासनिक लगाएतका सम्पूर्ण कामकाज दाङवाट हुनुपर्ने त्यसका लागि दाङमै कार्यालय खोलिनुपर्ने माग गरेको छ । काठमाण्डौमा खोलिएको कार्यालय तत्काल बन्द गरी कानुनगत रुपमा दाङमै केन्द्रीय कार्यालय खोल्नुपर्ने माग गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज एंव प्रतिष्ठान निर्माणका सहजकर्ता जीवन गौतमले आमन्त्रीत अतिथिका रुपमा कुरा राख्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय जब सम्म दाङवाट खोलिदैनन तवसम्म काम शुरु हुन नसक्ने तर्क राख्नुभयो । प्रतिष्ठान बन्ने दाङ कार्यालय बस्ने काठमाण्डौले प्रतिष्ठान निर्माण अन्यौलतामा राख्ने छ – ‘ उहाँले बताउनुभयो ।
प्रतिष्ठान कस्तो , कसरी कुन विधि÷ तरिकाले निर्माण गर्ने भन्ने बारे प्रतिष्ठान संग व्यवस्थित गुरुयोजना छैन । प्रतिष्ठान सञ्चालन हुने दाङमा तर कार्यालय सञ्चालन छ काठमाण्डौमा, कसरी प्रतिष्ठानको काम सञ्चालन हुन सक्छ ? उहाँले प्रश्न गर्नुभयो ।

प्रतिष्ठान निर्माणका नेपाल सरकारले आवश्यक बजेट व्यवस्थापन समेत गरिसकेको छ । तर अस्पताल र प्रतिष्ठान विचको (इगो) कारण हाल अस्तव्यस्त अवस्थामा अल्झीरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ अस्पताल प्रतिष्ठान दिएर पनि काम गर्न सकिन्छ । नदिए पनि काम गर्न सकिन्छ । तर आपसी समन्वय र सहकार्यको वातावरण आवश्यक छ । ’ उहाँले प्रतिष्ठानका लागि आवश्यक पर्ने २१ विगाह जग्गा कागजात मन्त्रालय सम्म पुगेको छ । तर व्यक्तिगत स्वार्थका कारण मन्त्रालयको काममा भन्दा अन्यत्र जग्गाको खोजी भइरहेकाले त्यसले प्रतिष्ठान फाइदा नपुग्ने बताउनुभयो । जग्गा खोज्ने समय मन्त्रालय रोकिएको काम बनाउन लागे प्रतिष्ठानले सहजै जग्गा पाउन सक्छ । तर त्यो प्रतिष्ठानको प्राथामिक्ताको विषय बन्न सकेको छैन । अस्पताल हस्तान्रतण मात्रै प्राथामिक्तामा परेको उहाँको भनाई छ ।

त्यस्तै नागरिक समाज दाङका संस्थापक सयोजक नारायण प्रसाद शर्माले प्रतिष्ठान जनचाहान आवश्यकताको विषय रहेकाले त्यसमा विवाद होइन समन्वयको गरी अगाडी वढ्न आग्रह गर्नुभयो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र विवाद नभई आपसी सहकार्य र समन्वयमा अघि बढाउनुपर्ने बताउदै उहाँले भन्नुभयो – ‘ दाङ र राप्तीको गौरवका रुपमा उदाउन लागेको प्रतिष्ठान विवाद अस्ताउनु हुदैनन । ’ आम नागरिकहरु स्तरिय स्वास्थ्य सेवाको उपभोग गर्न पाउनेवाट वञ्चित हुनुपर्ने छ ।

त्यस्तै बैठकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष आमन्त्रित अतिथिका रुपमा भनाई राख्नुभएको थियो । भने नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी , माधव शर्मा , श्रीमन न्यौपाने , दधिराम सुवेदी , हरिप्रसाद पाण्डे लगाएतकाले भनाई राख्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्