बिपन्न परिवारलाई झुल



सैघाली खबर,
तुलसीपुर ९बैशाख

तुलसीपुर नगर जेसिजले बिपन्न तथा दलित परिवारलाई झुल वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ३ का बिपन्न तथा दलित परिवारलाई झुल वितरण गरेको हो । लामखुट्टेको टोकाईबाट डेंगुलगायत खतरनाक रोगहरु लाग्न सक्ने भएकाले लामखुट्टेको टोकाईबाट बचाउन झुल वितरण गरिएको तुलसीपुर जेसिजका कार्यबहाक अध्यक्ष मान बहादुर बस्नेतले बताए । ‘लामखुट्टेको टोकाईबाट डेंगुलगायतका खतरनाक रोगहरु लाग्छन्,’उनले भने‘ गरिब तथा बिपन्न परिवारलाई त्यसबाट जोगाउन झुल बितरण गरेका हौं ।’

तुलसीपुर नगर जेसिजका कार्यबहाक अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ३ का अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि बिकले जेसिजले बिपन्न तथा दलित परिवारहरुका लागि गरेको झुल वितरणको कार्यको प्रशांसा गरे । झुल नभएकै कारणले ठुला ठुला रोगको भागेदार हुनुपर्ने बाध्यता रहेको भन्दै जेसिजको उक्त कार्यले गरिब तथा बिपन्न परिवारलाई राहात पुग्ने बताए । त्यस अबशरमा कार्यक्रम संयोजक कृष्ण पोख्रेल, सल्लाहकार राजन खड्का, निबर्तमान अध्यक्ष बिमल पौडेलले गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब नारायण भट्टराईले गरेका थिए ।

यसैबीच तुलसीपुर नगर जेसिजले शनिबार चमेरे गुफा जान सडक निर्माणको अनुगमण गरेको छ । तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीसहित मान बहादुर बस्नेत, नारायण भट्टराई, मेघराज घिमिरे, पूर्बअध्यक्ष बिमल पौडेललगायतको टोलीले सडकको अनुगमण गरेको हो । ४० लाखको लागतमा निर्माण हुन लागेको सडक निर्माणको कामको अबस्थाको बारेमा अध्ययन,अबलोकन गरिएको अध्यक्ष भण्डारीले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्