जबरजस्ती गर्भपतन गराएको अभिभयोगमा रुकुमका वडा सदस्य पक्राउ



जबर्जस्ती गर्भपतन गर्न लगाएको अभियोगमा रुकुमका रुद्रबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई  नियन्त्रणमा लिएको हो। सिस्ने गाउँपालिका–३, पोखराकी एक महिलालाई गर्भपतन गर्न लगाएको जनाइएको छ ।

गाउपालिका सदस्य सुनारले पछि विहे गर्छु भन्दै धेरै पटक यौन सम्पर्क गरेर ती महिलालाई गर्भवती बनाएपछि प्रहरी कार्यालयमा उजुरी दिएकी हुन । महिलाको उजुरीका आधारमा सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिएका छन।

प्रहरीका अनुसार सुनारका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता ती महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ । सहमतिमै अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएका कारण महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् ।

श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडित महिलाको जाहेरी अनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्