समाचार

आज विश्व पृथ्वी दिवस मनाईँदै

By थाहा अनलाइन

April 22, 2018

सैघाली खबर, काठमाडौं९ बैशाख।काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ ।

पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

यो वर्ष प्लाष्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ । प्लाष्टिकको प्रयोगले पृथ्वीमा रहेका मानव र वनस्पतिलाई हानी पुर्‍याइरहेकाले यसको प्रयोग नगर्न जोड दिइएको हो । प्राकृतिक स्रोत माथिको अत्याधिक चापका कारण वातावरणमा प्रतिकुल समस्या पर्दै गएको छ ।

पछिल्लो समय बढ्दो वन विनाश र जलवायु परिर्वतनका कारण पृथ्वीमा असर बढ्दै गएको छ । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलोपटक यो दिवस मनाएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो