राजपा नेताहरुको स्पष्टोक्ति यसकारण दियौँ उम्मेदवारी



असार ९, २०७४ कपिलवस्तु

local-election_

स्थानीय तहमा तराई(मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन्। पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका प्रमुख पदका उम्मेदवार रामदास गुप्ताले बताए। केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पारे। ‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छु, नेता गुप्ताले भने, ‘यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो। यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं। सही गलत के भयो, त्यो भविष्यले नै निर्क्यौल गर्ला।ु गुप्तासँगै उपप्रमुखमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कपिलवस्तु नगर क्षेत्रका १२ वटै वडामा राजपा नेताले बहुजन शक्ति पार्टीका तर्फबाट निर्वाचमा भाग लिइरहेका छन्। वडाध्यक्षहरू स्वतन्त्र रूपमा चुनाव लड्दा फरक(फरक चुनाव चिह्न दिइने भएका प्रचारमा गाह्रो पर्न जाने देखेर बहुजन शक्ति पार्टीको जग चुनाव चिह्नबाट आफूहरू उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका(१ का वडाध्यक्ष पदका उम्मेदवार सुदीप पौडेलले बताए। कपिलवस्तुका स्थानीय तहमा राजपा नेताहरू स्वतन्त्र उम्मेदवार बनेपछि अन्य दललाई निर्वाचन अभियान अघि बढाउन सहज भएको छ। जिल्लाको अर्को महत्वपूर्ण नगरपालिका महाराजगञ्ज नगरपालिकामा राजपाका जिल्ला नेता गंगेश तिवारीले पनि स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिएका छन्। कार्यकर्ताको इच्छाबमोजिम निर्वाचनमा भाग लिएको नेता तिवारीले बताए। ‘लोकतन्त्रमा निर्वाचनबाट भागेर कदापि तराई मधेसका मुद्दालाई सम्बोधन गर्न सकिँदैनु, नेता तिवारीले भने, ‘स्थानीय तह सरकारमा सहभागी हुँदै केन्द्र सरकारलाई संविधान संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन गर्नका लागि शान्तिपूर्ण आन्दोलनमा हामीहरू रहन्छौं।ु यशोधरा गाउँपालिका अध्यक्ष पदमा राजपा नेता रामदेव कलवार र उपाध्यक्ष पदमा अर्का नेता मोलहुप्रसाद गुप्ता स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा जुटिरहेका छन्। राजपाको प्रभाव क्षेत्र मानिने कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिकालगायतका स्थानीय तहमा राजपा नेताहरू स्वतन्त्र उम्मेदवार बनेपछि अन्य दललाई पनि निर्वाचन अभियानमा अघि बढ्न सहज भएको छ। राजपाका नेताहरूको उम्मेदवारीले जिल्लामा आन्दोलन पनि मत्थर भएको छ। राजपाका केन्द्रीय नेता तथा पूर्वकानुनमन्त्री बृजेशकुमार गुप्ता भने आफू संविधान संशोधनका लागि आन्दोलनमै रहेको बताउँछन्। पार्टीका केही साथीहरू निर्वाचनमा जानैपर्ने हठ गरेपछि आफूले ती साथीलाई निर्वाचन लड्नबाट रोक्न नसकेको नेता गुप्ताले बताए। सरकारले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा र प्रदेश नं ५ को निर्वाचन दोस्रो चरणमा गरेर राजपाभित्र फुट पार्ने रणनीति लिएको नेता गुप्ताले आरोप लगाए।

copy by thahakhaber…

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्