प्युठानमा समता स्कुल



सागर रिजाल प्युठान,९बैशाख,।
आईतवार प्युठानमा समता स्कुलको शाखा उदघाटन गरिएको छ। प्रदेश साम्सद कृष्णध्वज खडकाले औपचारिक रुपमा शाखाको उद्घघाटन गर्नुभएको हो। । प्रमुख अतिथी समेत रहनुभएका खड्काले महङ्गो शुल्क तिरेर पढ्न नसक्नेलाई फाइदा पुग्ने भन्दै समता स्कुलले निम्नस्तरका विद्यार्थीलाई सेवा गरेको बताउनुभयो ।

सरकारी स्कुलको गुणस्तर खस्किरहदा समता स्कुलमा विद्यार्थीको आकर्षण बढ्ने समेत उहाले बताउनुभयो। राज्यले नै शिक्षाको गुणस्तर वृद्धिको अवधारणा लिनु पर्नेमा समताले दायित्व लिएर समाजमा योगदान गरेको भन्दै समताको प्रशंसा गर्नुभयो । साथै यस स्कुललाई जिल्लामा टिकाईराख्नुपर्नेमा उहाले जोड दिनुभयो। राज्यको शिक्षा नीति साढे र बाच्छाको जुदाई जस्तो भएको तर्क समेत राख्नुभयो। कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले समता स्कुल महँगो शुल्क तिर्न नसक्ने र सरकारी स्कुलमा जान नसक्ने बिद्यार्थीकोलागी झोलुङ्गेपुलको काम गरेको बताउनुभयो ।

उद्घघाटन कार्यक्रममा स्कुलका केन्द्रिय व्यवस्थापक शुदर्सन पौडेलले प्युठान ४९औ साखा रहेको जानकारी दिनुभयो। सन २००१ बाट बौद्ध जोरपाटी काठमाडौं बाट सुरु भएको यो स्कुलले चालु शैक्षिकसत्रबाट प्युठानमा पनि पढाइ सुरु हुने बताउनुभयो । यस अघि देशका ४४ जिल्लामा समता स्कुलको शाखा बिस्तार भैसकेको छ ।

शिक्षाबाट कोहि पनि ब्याक्ती बन्चित हुन नपरोस भन्ने हेतुले यस्तो अबधारणा सुरु गरेका हौं।उहाले भन्नुभयो । आर्थिक रुपमा पहुँचमा नरहेका बिद्यार्थीलाई यस्ले सहयोग गर्ने उहाको भनाई छ । नेपाल सङ्गै यो स्कुललाई सार्क राष्ट भारत, श्रीलंका, र बङ्गलादेशमा पनि यसै शैक्षिक सत्रबाट सञ्चालन गरिएको उहाले बताउनु भयो ।

यस स्कुलमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य उत्तम सञ्जेल लगाएतका ब्याक्तीहरूको पनि सहयोग रहेको छ । त्यस्तै स्कुलका निर्देशक दिपक सन्जेलले समता स्कुलमा देशभर ४० हजार विद्यार्थीले पढिरहेको बताउनुभयो । नेपालमा ५ वटा ं२ पनि सन्चालन गरेको उहाले जानकारी दिनुभयो । फाउन्डेसनले समता अस्पताल पनि काठमाण्डौमा संचालन गरेको छ । जस्मा चेकजाँच गर्नक लागि एक सय रुपैया मात्र शुल्क लाग्छ । बृद्ध र अपांगको हकमा भने निशुल्क रुपमा उपचार गरिदै आएको छ । बिधालयमा १५० भर्ना शुल्क र १०० महिनावारी सुल्क लाग्ने छ। हाल प्युठानमा नर्शरी देखि १ सम्म कक्षा सन्चालन हुने समता फाउण्डेसनले बताएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्