‘वाल विवाह अपराध हो ’



सैघाली खबर
दाङ , ९ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १४ अध्यक्ष रमेश कुमार पाण्डेले वाल विवाह सामाजिक अपराध रहेको बताउनुभएको छ । स्वच्छ नेपाल दाङले आईतवार घोराही आयोजना गरेको वाल विवाह न्युनिकरणका लागि एक दिने सचेतना कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

वालविवाहका कारण सामाजिक अपराध र वालवालिकाहरुको विचल्ली र स्वास्थ्य समस्या जोखिम बन्ने भएकाले वाल विवाह सामाजिक अपराध रहेका उहाँले बताउनुभयो ।

स्वच्छ नेपालकी अध्यक्षता शुशिला पौडेको अध्यक्षतामा एंव घोराही उपमहानगरपालिका वडा नं. १५ वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रम सरस्वती मावि भरतपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौडेल लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सरस्वती माविका करिव दुई दर्जन वालवालिकाहरुको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा वाल अधिकारकर्मि सन्तोष सुवेदी प्रमुख परिक्षणका रहनुभएको छ । कार्यक्रमको सहजीकरण स्वच्छ नेपालकी सचिव बिन्दु कँुवर गिरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्