भिरबाट लडेर मृत्यु



सैघाली खबर,
रुकुम, ९ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको हिजो लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाटोभन्दा करीब ३०० मिटर तल भिरमा शव फेला परेको उहाँले बताउनुभयो । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल पश्चिममा पठाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्